चिकित्सकलाई तोकिएको ठाउँ जान निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चिकित्सकलाई तोकिएको ठाउँ जान निर्देशन दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको १२९औं वार्षिकोत्सव कार्यक्रममा उनले चिकित्सकहरू काठमाडौंबाहिर जान नमान्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।

चिकित्सकलाई तोकिएको ठाउँ जान निर्देशन

यादवले वीर अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरूले पर्याप्त समय नदिएको गुनासो बढेको भन्दै उनीहरूको ध्यानाकर्षण गराए ।


अस्पताल निर्देशक डा. भूपेन्द्र बस्नेतले ६ सय शय्याको अत्याधुनिक भवन निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको जनाउँदै इमर्जेन्सी सेवासमेत विस्तार गर्न लागिएको बताए । बस्नेतका अनुसार वीर अस्पतालबाट गत आवमा ४ लाख १ हजार २ सय ९ जनाले उपचार सेवा लिएका थिए ।


उनले इमर्जेन्सी सेवालाई पेपरलेस बनाउने प्रक्रिया अगाडि बढेको औंल्याउँदै रक्त क्यान्सर, क्यान्सर स्क्यानिङ, २४ घण्टै हेमोडाइलाइसिस र एचआईभी तथा हेपाटाइटिस पोजिटिभ बिरामीको पनि डाइलोसिस सेवा सुरु गरिएको जानकारी दिए ।


प्रकाशित : श्रावण १२, २०७५ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?