कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेचिलो बन्दै प्रधानन्यायाधीश नियुक्ति, संसदीय समितिको बैठक सोमबार २ बजेलाई सर्‍यो

कृष्ण ज्ञवाली

काठमाडौँ — भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार २ बजे बस्ने भएको छ ।

पेचिलो बन्दै प्रधानन्यायाधीश नियुक्ति, संसदीय समितिको बैठक सोमबार २ बजेलाई सर्‍यो
समितिको बैठक आइतबार बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर रहेकाले र समितिमा आवश्यक छलफल गर्न बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका जेष्ठ सदस्यका रुपमा अध्यक्षता गरिएका लक्ष्मणलाल कर्णले जानकारी दिए ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको बुझिएको छ ।

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।

प्रकाशित : श्रावण १३, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?