कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कांग्रेसद्वारा प्रसाईंलाई कारबाहीको लागि सार्वजनिक महत्वको प्रस्ताव दर्ता

रासस

काठमाडौँ — नेपाली कांग्रेसले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरी फर्किएका र अध्ययनरत नेपाली छात्राका सम्बन्धमा अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । 

कांग्रेसद्वारा प्रसाईंलाई कारबाहीको लागि सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आइतबार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्नका लागि संघीय संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएको हो । कांग्रेसले झापास्थित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाईंले केही समयअघि बंगलादेशमा अध्ययनरत नेपाली छात्राका बारेमा दिएको अभिव्यक्तिले संविधान र कानूनको उल्लंघन भएको आरोप लगाएको छ ।


उक्त अभिव्यक्तिले नेपाली छात्राको इज्जत, मान र प्रतिष्ठामाथि धावा बोल्ने काम भएको ठहर गर्दै कांग्रेसका सांसद डिला संग्रौला (प्रस्तावक) तथा लक्ष्मी परियार र प्रमिला राई (समर्थक) ले तत्काल कानुनी कारवाहीका लागि उक्त प्रस्तावको सूचना दिएका हुन् । त्यस्तो अभिव्यक्तिले मित्रराष्ट्र बंगलादेशसँगको सम्बन्धमा समेत आँच पुर्‍याउन सक्ने भन्दै उनीहरुले निजमाथि कानुनी कारबाही गरी संविधान र कानूनको पालनामार्फत नेपाली महिला, विद्यार्थी र नागरिकको स्वाभिमानको रक्षा गर्न आवश्यक रहेकाले प्रस्ताव दर्ता गराएको उल्लेख गरेका छन् ।

प्रकाशित : श्रावण १३, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?