कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मृगौला तस्करीको आरोपमा पाँचजना पक्राउ

रमेशकुमार पौडेल

चितवन — मृगौला तस्करीमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।

मृगौला तस्करीको आरोपमा पाँचजना पक्राउ

पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ का ४१ वर्षीय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहट चन्द्रपुर नगरपालिका–४ का ३५ वर्षीय विक्रम पहारी, मकवानपुर बकैया गाउँपालिका–५ का २८ वर्षीय प्रकाश तमाङ, मोरङ बयरबन गाउँपालिका–६ का ३४ वर्षीय दिपक लिम्बु र रसुवा उत्तरगया गाउँपालिका–३ का २८ वर्षीय विशाल नेपाली रहेको चितवन प्रहरीले जनाएको छ ।


‘यी व्यक्तिहरुले गाउँ गाउँमा गएर मान्छे खोज्ने र उनीहरुलाई फकाएर दिल्ली पुर्‍याएर मिर्गौला झिकेर बेच्ने गरेको सूचनाका आधारमा हामीले पक्राउ गरेका हौँ’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले भने ।


उनीहरुको पछि लागेर दिल्ली पुगको र मृगौला बेच्ने कुरा सुनेपछि भागेर आएका चितवनका एकजना पिडितको उजुरीको आधारमा प्रहरीले अनुसन्धान सुरु भएको हो ।


‘मान्छे खोजेर उनीहरुले प्रारम्भिक परीक्षण नेपालमै गर्दा रहेछन् । त्यसपछि दिल्ली पुर्‍याएर मृगौला झिक्न मिल्ने नमिल्ने परीक्षण गर्दा रहेछन् । दिल्लीमा परीक्षण गर्दा मेसो पाएपछि फुत्केर आएका एकजना व्यक्तिले दिएको सूचनाको आधारमा हामीले खोजी सुरु गरेका हौँ’ डिएसपी ढकालले भने । प्रहरीले यसका लागि मेडिकल रेस्पोन्स टिम (एमआरटी) गठन गरेको थियो ।


‘मृगौला दिने व्यक्ति खोजेर सम्पर्क गराए बापत ५० हजारदेखि एक लाख रुपैयाँसम्म कमिशन पाउने लोभमा उनीहरु यस्तो काममा लागेको पाइएको छ । भारतको बिरामी व्यक्ति जस्ले मृगौला किन्ने हो उसले ३७ लाख रुपैयाँसम्म खर्च गर्छ रे भन्ने हाम्रो प्रारम्भीक अनुसन्धानबाट खुलेको छ’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले भने ।

पक्राउ परेकाहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘यो काममा ठूलै गिरोह लागेको भन्ने आशंका हाम्रो छ । हामीले प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सिआईबी)सँग पनि सहयोग मागेका छौं’ डिएसपी ढकालले भने ।

प्रकाशित : श्रावण १३, २०७५ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?