कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुनुवाई समितिको बैठक बस्दै, प्रधानन्यायाधीशबारे सांसदहरु अझै अनिर्णत

दुर्गा खनाल

काठमाडौँ — प्रधानन्यायाधिसमा सिफारिस दीपकराज जोशीकोबारे निर्णय गर्न सोमबार दिउँसो २ बजे संसदीय सुनवाई समितिको बैठक बस्दैछ । बैठक बस्ने समय दुई घण्टा बाँकी हुँदा पनि सांसदहरु भने अनिर्णित नै छन् ।

सुनुवाई समितिको बैठक बस्दै, प्रधानन्यायाधीशबारे सांसदहरु अझै अनिर्णत

कान्तिपुरले सम्पर्क गरेका नेकपाका अधिकांश सांसदहरुले जोशीप्रति असन्तुष्टि जनाएपनि निर्णयमा पुगि नसकेको उल्लेख गरेका छन् । उनीहरु अझै पार्टी र सरकारको समेत नेतृत्व गरिरहेका नेताबाट स्पष्ट मार्ग निर्देश आउने प्रतिक्षामा छन् ।

गत बिहीबारै जोशीको सुनुवाई सकिएपनि उनलाई अनुमोदन गर्ने कि नगर्नेबारे समितिले निर्णय सुनाउन सकेको छैन । जोशीको प्रमाणपत्र र फैसलाहरु विवादमा परेको र समितिमा न्यायलयलाई कसरी अघि बढाउने भन्ने स्पष्ट योजना समेत पेश गर्न नसकेको भन्दै सांसदहरु असन्तुष्ट छन् ।


सत्तारुढ नेपकाका सांसदहरुले जोशीप्रति बढी नै प्रश्न उठाएका छन् । जोशीको बारेमा स्पष्ट धारणा बनाउनकै लागि तीन दिनदेखि बैठक बस्न सकेको थिएन । सोमबारको बैठकले जोशीको बिषयमा स्पष्ट निर्णय गर्ने सांसदहरुले बताए पनि आफ्नो नेतृत्वबाट स्पष्ट मार्ग निर्देश नआएको उनीहरुको भनाई रहेको छ ।


‘समितिको आजको बैठकबाट निर्णय हुन्छ अब लम्बिदैन’ समितिमा सदस्य नेकपाका सांसद पार्वत गुरुङले भने । बैठक अघि पार्टीबाट अनौपचारिक रुपमा उनीहरुले कुन लाईन लिने भन्ने धारणा पाउनेछन् । प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, संसदीय दलको उपनेता सुवास नेम्बाङ लगायतले जोशीको बिषयमा उठेको प्रश्नबारे अध्ययन गरेका छन् । नेतृत्वले निकटका कानुन व्यावसायी र आफ्नै सांसदहरुसंग पनि राय बुझेको छ ।

यो पनि पढ्नुस्:

जोशीको प्रधानन्यायाधीश पद नेकपाको हातमा !


प्रकाशित : श्रावण १४, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?