कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सुनुवाई समितिको बैठक फेरी सर्‍यो, जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्ने सत्ता पक्षका सांसदको अडान

काठमाडौँ — प्रधानन्यायाधिशमा सिफारिस दीपकराज जोशीकोबारे निर्णय गर्न बसेको संसदीय सुनुवाई समितिको बैठक सोमबार पनि निर्णयमा पुग्न सकेन । अर्को बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

सुनुवाई समितिको बैठक फेरी सर्‍यो, जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्ने सत्ता पक्षका सांसदको अडान

समितिका सत्ता पक्ष र विपक्षी सांसदहरुको राय बाझिएपछि बैठक सारिएको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले सहमतिमै सर्वसम्मतिले निर्णय गर्नका लागि बैठक सारिएको जानकारी दिएका छन् ।

समितिका एक सदस्यका अनुसार बैठकमा नेकपाका सांसदहरुले जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न नसिकने अडान राखेका थिएभने प्रतिपक्षी कांग्रेसका सांसदहरुले अनुमोदन गर्नुपर्ने बताएपछि मत विभाजनको स्थितिमा जानु उपयुक्त नहुने भन्दै बैठक सार्न दुवै पक्ष सहमत भएका हुन् ।


गत बिहीबारै जोशीको सुनुवाई सकिएपनि उनलाई अनुमोदन गर्ने कि नगर्नेबारे समितिले निर्णय सुनाउन सकेको थिएन ।

जोशीको प्रमाणपत्र र फैसलाहरु विवादमा परेको र समितिमा न्यायलयलाई कसरी अघि बढाउने भन्ने स्पष्ट योजना समेत पेश गर्न नसकेको भन्दै नेकपाका सांसदहरु असन्तुष्ट थिए ।

यो पनि :

सुनुवाई समितिको बैठक बस्दै, प्रधानन्यायाधीशबारे सांसदहरु अझै अनिर्णत

जोशीको प्रधानन्यायाधीश पद नेकपाको हातमा !

प्रकाशित : श्रावण १४, २०७५ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?