सुनुवाई समितिको बैठक फेरी सर्‍यो, जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्ने सत्ता पक्षका सांसदको अडान

दुर्गा खनाल, कृष्ण ज्ञवाली

काठमाडौँ — प्रधानन्यायाधिशमा सिफारिस दीपकराज जोशीकोबारे निर्णय गर्न बसेको संसदीय सुनुवाई समितिको बैठक सोमबार पनि निर्णयमा पुग्न सकेन । अर्को बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

समितिका सत्ता पक्ष र विपक्षी सांसदहरुको राय बाझिएपछि बैठक सारिएको हो। समितिका सभापति लक्ष्मणलाल कर्णले सहमतिमै सर्वसम्मतिले निर्णय गर्नका लागि बैठक सारिएको जानकारी दिएका छन्।

Yamaha

समितिका एक सदस्यका अनुसार बैठकमा नेकपाका सांसदहरुले जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न नसिकने अडान राखेका थिएभने प्रतिपक्षी कांग्रेसका सांसदहरुले अनुमोदन गर्नुपर्ने बताएपछि मत विभाजनको स्थितिमा जानु उपयुक्त नहुने भन्दै बैठक सार्न दुवै पक्ष सहमत भएका हुन्।

गत बिहीबारै जोशीको सुनुवाई सकिएपनि उनलाई अनुमोदन गर्ने कि नगर्नेबारे समितिले निर्णय सुनाउन सकेको थिएन।

जोशीको प्रमाणपत्र र फैसलाहरु विवादमा परेको र समितिमा न्यायलयलाई कसरी अघि बढाउने भन्ने स्पष्ट योजना समेत पेश गर्न नसकेको भन्दै नेकपाका सांसदहरु असन्तुष्ट थिए।
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सडक दुर्घटना एकै परिवारका १४ ले ज्यान गुमाए

एएफपी

हनोई — मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् । विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरीले जानकारी दिएको छ ।

मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो । उनीहरु स्थानीय समयाअनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए ।

प्रहरीले घटनाका बारेमा छानबिन सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ ।

गत वर्ष भियतनाममा सडक दुर्घटनामा परी करिब ८ हजार २०० व्यक्तिको मृत्यु भएको थियो । अघिल्लो वर्ष पनि सो सङ्ख्या ८ हजार ६ सय थियो ।

प्रकाशित : श्रावण १४, २०७५ १४:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT