सब–इञ्जिनियरविरुद्ध मुद्दा दायर

रासस

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय नुवाकोटमा कार्यरत सब–इञ्जिनियर लोकबहादुर थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

सब–इञ्जिनियरविरुद्ध मुद्दा दायर

विद्यालय भवन निर्माण कार्य सम्पन्न भएपश्चात् बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु पाँच लाख घूस मागेको अभियोग सबइञ्जिनियर थापामाथि लागेको छ । आयोगले जरिवाना र कैद सजायको माग दाबी गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।


यस्तै जिल्ला प्राविधिक कार्यालय, जाजरकोटका इञ्जिनियर अजयकुमार देवविरुद्ध पनि आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । सिँचाइ आयोजनाको कार्य सम्पन्न प्रतिवेदन बनाउने क्रममा देवले रु ८० हजार घूस मागेको अभियोग लागेको छ ।


यसैगरी आयोगले गुलरिया नगरपालिकामा कार्यरत सहायक इञ्जिनियर रमेशकुमार गौतमलाई रु दश हजार घूस लिँदालिँदै म‌ंगलबार कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी गौतममाथि छानबिन भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित : श्रावण १५, २०७५ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?