१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘बागदरबार नभत्काऊँ’

रातो स्टिकर लगाइएका सर्वाेच्च अदालत, गद्दी बैठक, शीतल निवास जोगाइयो भने बागदरबार किन नजोगाउने ?
कान्तिपुर संवाददाता

काठमाडौँ — बागदरबार जोगाउनुपर्ने आवाज काठमाडौं महानगरभित्रै उठ्न थालेको छ । महानगरको २७ औं बोर्ड बैठकमा वडा अध्यक्षहरूले कलाकृतिले भरिपूर्ण बागदरबार जोगाउनुपर्ने धारणा राखेका हुन् । बागदरबार रहेकै ११ वडाका अध्यक्ष हिरालाल तन्डुकारलगायतले बागदबार जोगाउनुपर्ने अडान राखे ।

‘बागदरबार नभत्काऊँ’

जीर्ण भएका अन्य दरबारसमेत जोगिएको अवस्थामा बागदरबार जोगाउन सकिने उनले बताए । ‘बस्नै नमिल्ने भनेर रातो स्टिकर टाँसिएको सर्वाेच्च अदालत रेट्रोफिट गरेर जोगाइएको छ । गद्दी बैठक जोगियो । शीतल निवास पनि जोगाइएको छ,’ तन्डुकारले भने, ‘बागदरबार किन जोगाउन सकिँदैन ? यसलाई रेट्रोफिट गरेर जोगाउनुपर्छ भन्ने मेरो धारणा छ ।’


उनले नयाँ भवन बनाउन समय नपुग्ने भएकाले यसलाई नै रेट्रोफिट गरेर पूर्ण सञ्चालनमा ल्याइनुपर्ने बताए । ‘हामी सकेसम्म नयाँ भवन हाम्रै कार्यकालमा निर्माण सम्पन्न गर्छाैं । निर्माण सकेर पहिलो बैठक पनि गर्छाैं भनेका थियौं,’ उनले भने, ‘तर अब यो सम्भावना रहेन । हाम्रो कार्यकाल अब साढे तीन वर्षमात्रै बाँकी छ । त्यति समयमा नयाँ भवन बनाउन भ्याइँदैन । अब यसैलाई रेट्रोफिट गर्नुपर्छ । यसो गरियो भने यहाँका कलाकृति पनि जोगिन्छन् । यहाँ भत्काएपछि जोगाउनै नसकिने कलाकृति छन् ।’ उ


नले यो दरबार सम्पदा हो कि हैन भन्ने विवादमा लामो समय अल्झिएको बताए । ‘यो सम्पदा होइन । तर कलाकृतिले भरिपूर्ण दरबार हो । राष्ट्र बैंकले भत्काएको थापाथली दरबार पनि कलाकृतिले सम्पन्न थिए । भत्काउँदा ती मासिए,’ उनले भने, ‘बागदरबारमा पनि यस्तै कलाकृति छन् ।’


यो दरबारलाई जोगाए महानगरलाई आर्थिक भार पनि कम पर्ने उनले बताए । ‘यो दरबार भत्काउने पैसाले रेट्रोफिट गर्न पुग्छ,’ उनले भने, ‘यसले महानगरलाई आर्थिक भार पनि कम पर्छ ।’ बागदरबारसम्बन्धी भएका ४ वटा अध्ययनले भने यसलाई जोगाउन सकिने प्रतिवेदन दिएका छन् ।

प्रकाशित : श्रावण १६, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?