२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

डा. केसी सामान्य वार्डमा

कान्तिपुर संवाददाता

काठमाडौँ — डा. गोविन्द केसीलाई मंगलबार त्रिवि शिक्षण अस्पतालको सामान्य वार्डमा सारिएको छ । २७ दिन लामो अनशनले कमजोर बनेका उनलाई ६ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो ।

डा. केसी सामान्य वार्डमा

मंगलबार गरिएको रगत परीक्षण प्रतिवेदन र ईसीजीमा सुधारका संकेत देखिएपछि वार्डमा सारिएको हो । अझै पनि सन्तोषजनक रूपमा सेतो रक्तकोशिकाको संख्या नबढेको, रक्तचाप ‘मेन्टेन’ नभएको र नसाबाट विभिन्नखाले औषधि दिइरहनुपर्ने भएका कारण अस्पतालकै मेडिसिन विभागअन्तर्गत भर्ना गरी उपचार भइरहेको हो ।

प्रकाशित : श्रावण १६, २०७५ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?