कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

विराटनगरस्थित भारतीय क्याम्प अफिसः काम बन्द , कार्यालय खुल्ला

देवनारायण साह

मोरङ — भारतीय दूतावासले विराटनगरमा एक दशकदेखि सञ्चालन गर्दै आएको क्याम्प अफिसको काम बुधबारदेखि बन्द गरे पनि कार्यालय भने खुल्ला नै राखेको छ ।

विराटनगरस्थित भारतीय क्याम्प अफिसः काम बन्द , कार्यालय खुल्ला

भारतले कोशी बाँध फुटेपछि २०६५ भदौमा स्थापना गरेको सम्पर्क कार्यालय विवादित रहदै आएको थियो ।


सम्पर्क कार्यालयका प्रमुख निरज जैसवालले दूतावासले यहाँबाट प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द गरेको बताए । काम बन्द गरेको भनिए पनि कार्यालयभित्र कर्मचारीको चहलपहल उस्तै रहेको छ । जैसवालले कार्यालयभित्रका सम्पूर्ण सामग्रीहरु लिएर जान केही समय लाग्ने र सामग्री लिएर गएपछि मात्रै कार्यालय पूर्ण रुपमा बन्द हुने बताए ।


सम्पर्क कार्यालय बन्द भए/नभएको जानकारी लिन गएका इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले क्याम्प प्रमुख जैसवाललाई उदृत गर्दै यहाँबाट प्रदान गर्दै आएको सेवा बन्द गरिए पनि सम्पूर्ण सामग्री लिएर जान र कार्यालय पूर्ण रुपमा बन्द गर्न दुई साता लाग्ने बताए ।


सम्पर्क कार्यालयबाट भारतीय दूतावासले नेपाली सवारी साधनलाई भारत प्रवेशका लागि अनुमति प्रदान गर्दै आएको थियो ।


कोशी बाँध भत्किएपछि पूर्वको सवारी साधन भारतीय भूमि प्रयोग गरी नेपाल प्रवेशका लागि अनुमति प्रदान गर्न सम्पर्क कार्यालय २०६५ भदौमा स्थापना गरेको थियो ।


अवैधानिक रुपमा भारतले सुरुमा सुनसरीमा सम्पर्क कार्यालय स्थापना गरे पनि पछि विराटनगरस्थित रोडशेष चोक हुँदै रानी जाने मूल सडकमा सञ्चालन गर्दै आएको थियो ।

उक्त कार्यालय हटाउन भारतले नेपालमा विरोधको सामना गर्दै आएको थियो । सम्पर्क कार्यालयको विरोध हुन थालेपछि नेपाल सरकारले पटक पटक मौखिक रुपमा हटाउन आग्रह गर्दै आए पनि वेवास्ता गर्दै आएको थियो ।


सन् २०११मा तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतलाई सम्पर्क कार्यालय बन्द गर्न औपचारिक रुपमा पत्राचार गरेका थिए । त्यसपछि सन् २०१३ मा पुन:परराष्ट्र मन्त्रालयले पत्राचार गरेपनि भारतले वेवास्ता गर्दै आएको थियो ।


सरकारले औपचारिक रुपमा समेत कार्यालय बन्द गर्न आग्रह गर्दा समेत वेवास्ता गरे पछि भारतको विरोध हुँदै आएको थियो ।

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको क्रममा विराटनगरस्थित सम्पर्क कार्यालय बन्द गर्न समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ध्यानाकर्षण गराएपछि छिट्टै बन्द गर्ने आश्वासन दिएको थियो ।


यसअघि भारतीय दूतावासले विज्ञप्ती जारी गरी बुधबार सम्पर्क कार्यालय बन्द गर्ने जनाएको थियो तर कार्यालयको कामकाज मात्रै बन्द गरिएको छ ।

प्रकाशित : श्रावण १६, २०७५ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?