२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कांग्रेसले तीन दिन आधा झन्डा झुकाउने

रासस

काठमाडौँ — नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

कांग्रेसले तीन दिन आधा झन्डा झुकाउने

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले साउन १७ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्व जोशीले कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने जनाएको छ ।


बैठकले स्व जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । नेता जोशीको मंगलबार निधन भएको थियो ।



प्रतिनिधिसभाको बैठकबाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गर्‍यो । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले शोकप्रस्ताव प्रस्तुत गरेका हुन् । बैठकले उनको निधनमा चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरेको थियो । विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।


नेका बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्य, समाजसेवीसमेत रहनुभएका जोशीको मंगलबार काठमाडौँस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो ।


उनले ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/प्रजातान्त्रिक आन्दोलनमा अहं भूमिका निर्वाह गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक साउन १७ गते बिहीबार दिनको १ बजे बस्नेछ ।

प्रकाशित : श्रावण १६, २०७५ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?