कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै उजुरी

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर दैनिकका पत्रकार एवं साहित्यकार यादव थपलियाको उपचारमा संलग्न चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको दाबी गर्दै उनकी पत्नी गंगा खतिवडाले बुधबार छानबिनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् ।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै उजुरी

सामान्य ज्वरो आएर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल (केएमसी) मा भर्ना गरेको ४८ घण्टा बित्न नपाउँदै गत असार १५ मा थपलियाको मृत्यु भएको थियो ।


‘चिकित्सकले बिरामीको निधनमा हामीलाई जे कारण (भाइरल इन्फ्लुएन्जा) भन्नुभएको थियो, परीक्षणका क्रममा त्यो असत्य सावित भएको छ, भाइरल इन्फ्लुएन्जा नेगेटिभ देखिएको छ, त्यसैले यसको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्छु’ खतिवडाले निवेदनमा उल्लेख गरेकी छन् ।


गंगाका अनुसार उपचारमा संलग्न चिकित्सकले सुरुमा थपलियालाई सामान्य ज्वरो (टाइफाइड) भएको बताएका थिए । असार १४ गते बिहान कलेजोमा संक्रमण देखिएको भन्दै चिकित्सकले पूर्ण परीक्षण नगरी उनलाई ‘हाई केएर’ मा राखेका थिए ।


बिरामीको निधनपछि अस्पताल प्रशासनले स्वास्थ्य परीक्षणका रिपोर्ट दिन नमान्नुले पनि उपचारमा लापर्बाहीको आशंका बढेको बताएकी छन् ।


प्रकाशित : श्रावण १६, २०७५ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?