८ सम्बन्धन खारेज

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले विश्वविद्यालयहरूलाई सम्बन्धन दिन रोक लगाएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार कुनै पनि विश्वविद्यालयले आंगिक र निजी कलेजलाई सम्बन्धन दिन पाउने छैनन् ।

८ सम्बन्धन खारेज

रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयले ८ निजी कलेजलाई दिएको सम्बन्धनसमेत बैठकले खारेज गरेको छ ।


कृषि विश्वविद्यालयले असार २१ गते दिएको सम्बन्धन खारेजीको माग गर्दै प्राध्यापक र विद्यार्थी आन्दोलनमा उत्रिएकाले २० दिनदेखि विश्वविद्यालय ठप्प थियो ।


विश्वविद्यालयको वर्गीकरण, नक्सांकन र जनशक्ति अध्ययनपछि मात्रै सम्बन्धन प्रक्रिया अघि बढाउने पोखरेलले बताए । यसका लागि शिक्षामन्त्रीकै अध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर काम अघि बढाइएको छ ।

प्रकाशित : श्रावण १६, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?