प्रधानमन्त्री केपी ओलीले प्रधानन्यायाधीश सुनुवाइ गरिरहेको संसदीय समितिलाई प्रतिपक्षले काम गर्न नदिएको आरोप लगाएका छन् । संवैधानिक परिषद्ले प्रस्ताव गरेको नाममा विभिन्न उजुरी वा निवेदनमा सम्बन्धित व्यक्तिले सफाइ दिने व्यवस्था भएको उनले स्मरण गराए ।
न्याय सम्पादनका क्रममा गम्भीर त्रुटि गरेकाले कार्यक्षमताको अभाव रहेको भनी प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीमाथि करिब १५ वर्षअघि नै न्यायिक टिप्पणी उठेको भेटिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृतिबिनै विदेश भ्रमण गएका छन् । उनी साउन १५ मा जापान गएका हुन् । भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले अनभिज्ञता प्रकट गरेका छन् ।
स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेस बर्बाद गर्ने मधेसी नेता नै भएको बताएका छन् । उनले विकास बजेट हिनामिना गरेर मधेसलाई मधेसी नेताले नै पछाडि पारेको आरोप लगाए ।
प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराद्वारा प्रस्तुत विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको छ ।
साझा प्रकाशनका कर्मचारी आफूलाई पुन: बहाली गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । साझाले २० वर्ष सेवा गरेका कर्मचारीलाई सबै सुविधा उपलब्ध गराउने शर्तसहित स्वेच्छिक अवकाश दिएका कर्मचारीले ‘केही नपाएको’ भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसका संसद्ले बहिष्कार गरे पनि बिहीबारकाे संसद् बैठक सञ्चालन गरिएको छ । बैठकमा गृहमन्त्री र परराष्ट्रमन्त्रीले बोलेपछि प्रश्नोत्तर गर्न नपाएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद बाहिरिएका थिए ।
गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।
चार नेपाली महिला भारतको चन्डीगढ एयरपोर्टबाट पक्राउ । अर्का एक नेपाली युवा नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ । यी दुवै घटना एक दिन (१५ साउन) का हुन् र पक्राउ पर्नुको कारण पनि एउटै– नक्कली ‘नो अब्जेक्सन लेटर’ (एनओसी) ।
आधारभूत स्वास्थ्य सेवा सहज र नि:शुल्क उपलब्ध नगराएमा स्वास्थ्य संस्थाबाट क्षतिपूर्ति भराउने व्यवस्थासहितको कानुन बन्ने भएको छ । उक्त कानुनी व्यवस्थाले प्रत्येक व्यक्तिले जुनसुकै स्वास्थ्य संस्थाबाट आकस्मिक उपचारको सेवा पाउने अधिकार सुनिश्चित गर्ने छ ।
राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेकाे छ । नतिजा प्रकाशनका लागि बैठक बसिरहेकाले केही समयमै प्रकाशित गरिने बाेर्डले जनाएकाे छ ।
सन्दकपुर ५, जमुनाबाट सोमबार बिहान सदरमुकाम हिँडेको गाडी इलाम नगरपालिका ३, सुम्बेकमा बिग्रियो । झरीमाझ हिलोमा गाडी फसेपछि भएको सडक जामले आउजाउ गर्ने दर्जन गाडी दुवैतर्फ रोकिए ।
बजेट अभावमा तिब्बत जोड्ने गमगढी–नाक्चेनाग्ला सडक निर्माण कार्य प्रभावित भएको छ । सरकारले गत वर्ष चार करोड रुपैयाँ विनियोजन गरेकोमा यसपालि बजेटै उपलब्ध गराएन ।सडक डिभिजन कार्यालयका अनुसार यस वर्ष सडकको काम रोकिने भएको छ ।
उच्च अदालत जनकपुरले असई थमन विक हत्याका अभियुक्तलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीका नाममा मंगलबार परमादेश जारी गरेको छ । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको इजलासले ‘कानुनको धज्जी नउडाउन’ प्रहरीलाई सचेतसमेत गराएको छ ।
कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा सधैं औषधि अभाव हुने गरेको छ । स्वास्थ्यकर्मीसमेत नियमित बस्दैनन् । स्थानीय बासिन्दा सदरमुकाम र नजिकका मेडिकलमा उपचार गराउन बाध्य छन् । जिल्ला अस्पतालमा पनि नि:शुल्क औषधि पाइँदैन ।
दुल्लु राज्य अस्तित्वमा रहँदा काजी थिए, जसपाउ थापा । खस राज्यको हिउँदे राजधानी दुल्लु थियो भने सिँजा ग्रीष्मकालीन राजधानी । जब हिउँद सुरु हुन्थ्यो, परिवारसहित शासकहरू दुल्लु झर्थे ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशन बसेका डा. गोविन्द केसीसँग भेटघाट गरेको विषयमा पार्टीभित्र विवाद हुँदा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् ।
सार्वजनिक स्थलमा शिशु भोकायो भने आमालाई छटपटी हुन्छ । कसैले ओल्टोकोल्टो खोजी सलले छोपेर स्तनपान गराइरहेका हुन्छन् । कति ठाउँमा त त्यही मौका पनि हुन्न । यही समस्यालाई ध्यान दिएर सरकारले उपाय निकालेको छ– स्तनपान कक्ष ।
वडा कार्यालयको गणकमा छनोट भएको खबर लिएर घर पुगेकी दलित युवतीले आमासँग भनिन्, ‘मेरो नाम निस्कियो, अब तपाईंहरूका दु:खका दिन गए ।’ तर त्यसको छैटौं दिन घरबाट निस्किएकी २० वर्षीया युवती कहिल्यै नफर्किने गरी बिदा भइन् ।
म्याग्दी मिस्कोटका लेकबहादुर पुन आफ्नो गाउँका गन्यमान्य व्यक्ति हुन् । मिस्कोट माध्यमिक विद्यालयमा २२ वर्ष शिक्षण गरेर दुई वर्षअघि मात्रै प्रधानाध्यापकबाट अवकाश पाएका उनी गाउँलेका आदरणीय सर थिए ।