१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राष्ट्रियसभा अन्तर्गतका ४ समिति गठन

राजेश मिश्र

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अन्तर्गतका चारवटा संसदीय समितिहरुको सदस्यका लागि नाम दिएपछि सो समितिहरु बिहीबार गठन भएका छन् ।

राष्ट्रियसभा अन्तर्गतका ४ समिति गठन

राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुसासन समिति, विधायन व्यवस्था समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।


असारको सुरु मै राष्ट्रियसभा नियमावली पारित भएपनि प्रतिपक्षी कांग्रेसले नाम नदिँदा समितिहरुको गठन भने हुन सकेको थिएनन् । राष्ट्रियसभाको ५९ सदस्यमध्ये सभाध्यक्ष र उपाध्यक्षबाहेक ५७ जान सांसदहरु अब चारवटा विभिन्न समितिका सदस्य भएका छन् ।


संघीय संसदको प्रतिनिधिसभामा पनि १२ वटा समितिको गठन हुन भने बाँकि छ । त्यहाँका समितिको गठन पनि कांग्रेसले नाम नदिँदा अड्किएको छ ।

प्रकाशित : श्रावण १७, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?