१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्री र सभामुखलाई राजपाका सांसदले 'हत्यारा' भनेपछि...

मकर श्रेष्ठ

काठमाडौँ — राजपाको सांसद प्रमोद साहले प्रधानमन्त्री र सभामुख दुवै जना 'हत्यारा' भएको अभिव्यक्ति दिएपछि सांसदमा विवाद भएको छ । 

प्रधानमन्त्री र सभामुखलाई राजपाका सांसदले 'हत्यारा' भनेपछि...

बिहीबारको संसद बैठक चलिरहँदा राजपा सांसद रेशम चौधरीलाई सपथ नगराएको विषयमा सांसद साहले उक्त अभिव्यक्ति दिएका हुन् ।

उनले भने,‘ मुलुकमा धेरै मान्छे मारेर प्रधानमन्त्री र सभामुख भएका छन् । अपार मत ल्याउदा ल्याउदै पनि रेशम चौधरीलाई किन सपथ गराइदैन । '


सांसद साहले बोलेपछि नेकपाका सांसदहरुले नियमापत्ति गरेका थिए । बैठकमा सभामुख कृष्णबहादुर महरा बाहिरिएपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेले चलाइरहँदा विशेष समय बोल्दै सांसद साहले उक्त अभिव्यक्ति दिएका थिए ।

उपसभामुखक तुम्बाहाम्फेले सांसद साहको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् । त्यसको विरोध गर्दै सांसद साहले आफूले के गल्ती गरेकाले उक्त अभिव्यक्ति हटाउन लगाइएको भन्दै प्रतिप्रश्न गरेका थिए ।

प्रकाशित : श्रावण १७, २०७५ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?