१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मधेस बर्बाद गर्ने मधेसी नेता नै हुन् : मन्त्री यादव

श्यामसुन्दर शशि

जनकपुर — स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेस बर्बाद गर्ने मधेसी नेता नै भएको बताएका छन् । उनले विकास बजेट हिनामिना गरेर मधेसलाई मधेसी नेताले नै पछाडि पारेको आरोप लगाए । 

मधेस बर्बाद गर्ने मधेसी नेता नै हुन् : मन्त्री यादव

‘मधेस बर्बाद गर्ने मधेसी नेताहरु नै हुन्,’ जनकपुर अञ्चल अस्पतालको बिहीबार निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले भने, ‘मधेसमा विकासका लागि पर्याप्त बजेट आएपनि दुरुपयोग भइरहेको छ । त्यही रकम पहाडमा सदुपयोग हुन्छ ।’

मधेसवादी दलका मधेसी नेता मात्र होइन, अरु दलका मधेसी नेताले पनि मधेसलाई बर्बाद गरेको मन्त्री यादवको आशंय थियो । ‘जनकपुरको विकासको लागि धेरै बजेट आयो, तर विकास भएन । पहाडमा यति नै पैसा जाँदा धेरै विकास हुन्छ,’ उनले भने, ‘मधेसमा उपभोक्ता समिति बनाएर कमिशन खाने र विकास नगर्ने परिपाटी रहेको छ ।’


स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनकपुर अत्यन्तै फोहर सहर भएको बताएका छन् । उनले सरसफाईको नाममा आएको बजेट मधेसी नेताहरुले नै अनियमितता गरेको आरोप लगाए ।


‘जनकपुर अत्यन्तै फोहर सहर हो । जानकी जीलाई पनि जनकपुरमै जन्मिएको छु भन्न लाज लाग्छ होला,’ मन्त्री यादवले भने ।

जनकपुर सफाईका लागि आएको बजेट दुरुपयोग भएको आरोप लगाउँदै उनले बजेट दुरुपयोग गर्नेमा मधेसी नेताहरु नै अग्रपंक्तिमा रहेको बताए ।

प्रकाशित : श्रावण १७, २०७५ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?