३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सेनालाई पाकिस्तानको थप सहयोग प्रतिबद्धता

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानले नेपाली सेनाका मेडिकल अधिकृतसहित सैनिकका लागि प्रशिक्षणलगायत सहायता थप उपलब्ध गराउन सकिने जनाएको छ । 

सेनालाई पाकिस्तानको थप सहयोग प्रतिबद्धता

नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जाबेदले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटमा यस्तो बताएका हुन् ।


मन्त्री पोखरेलले नेपाल र पाकिस्तानबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको भन्दै उक्त सहयोगको प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।


पोखरेलले पाकिस्तानमा भर्खरै सम्पन्न चुनावका लागि बधाई ज्ञापन गर्दै नयाँ प्रजातान्त्रिक सरकार गठन हुन लागेकामा खुसी व्यक्त गरेका थिए ।


दुई देशबीच सैनिक सहयोग आदानप्रदान भइरहेकामा आगामी दिनमा पनि यस प्रकारको सहकार्य निरन्तर रहिरहने उनले बताए ।

प्रकाशित : श्रावण १७, २०७५ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?