समाचार

News

जोशीलाई पूर्वप्रधानन्यायाधीशहरूको सुझाव- ‘राजीनामा दिनु उचित’

प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीलाई पेसी तोक्न नैतिक र कानुनी बाधा देखिएकाले उनले राजीनामा दिनु बुद्धिमानी हुने पूर्वप्रधानन्यायाधीशहरूको सुझाव छ ।

जोशीलाई पूर्वप्रधानन्यायाधीशहरूको सुझाव- ‘राजीनामा दिनु उचित’

मुलुकी संहिताको प्रावधानप्रति सञ्चार क्षेत्रको आपत्ति

मुलुकी ऐन २०२० लाई विस्थापित गर्न ल्याइएको मुलुकी संहिता (देवानी र फौजदारी) २०७४ ऐनका कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन् । 

मुलुकी संहिताको प्रावधानप्रति सञ्चार क्षेत्रको आपत्ति

२५ लाख धरौटीमा छुटे लुट फिल्मका निर्माता

नक्कली नोट छापेको आरोपमा जेठ २ मा पक्राउ परेका लुट फिल्मका निर्माता माधवराज वाग्ले पाटन उच्च अदालतको आदेशमा २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

२५ लाख धरौटीमा छुटे लुट फिल्मका निर्माता

प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गर्नु न्यायपालिकामाथिको ठाडो हस्तक्षेप : बार एशोसिएसन

नेपाल बार एशोसिएसनले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकार गर्ने संसदीय सुनुवाई समितिको निर्णयलाई स्वतन्त्र न्यायपालिकामाथिको ठाडो हस्तक्षेप भनी टिप्पणी गरेको छ । 

प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गर्नु न्यायपालिकामाथिको ठाडो हस्तक्षेप : बार एशोसिएसन

राप्रपाले भन्यो- ‘संवैधानिक अंगमा नियुक्तिको पद्धति त्रुटिपूर्ण’

राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक परिषद्ले सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत हुनाले संवैधानिक अङ्गमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको बताएको छ । 

राप्रपाले भन्यो- ‘संवैधानिक अंगमा नियुक्तिको पद्धति त्रुटिपूर्ण’

अझै सर्वोच्चको नेतृत्वमा रहेका जोशीमाथि नैतिक प्रश्न 

संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ । समिति सदस्य योगेश भट्टराईका अनुसार, समितिले विभिन्न ६ आधार देखाई उनको नाम अस्वीकार गर्‍यो ।

अझै सर्वोच्चको नेतृत्वमा रहेका जोशीमाथि नैतिक प्रश्न 

कांग्रेस सांसद्‌द्वारा सुनुवाइ समिति बैठक बहिष्कार

प्रमुख प्रतिपक्षी कांग्रेसले संवैधानिक परिषदबाट प्रधान्यायधीशमा सिफारिस भएका दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले बिनाकारण र आधारमा अस्वीकार गरेको निष्कर्ष निकालेको छ ।

कांग्रेस सांसद्‌द्वारा सुनुवाइ समिति बैठक बहिष्कार

कायम मुकायम प्रधानन्यायाधीशमा जोशी नै रहने

संसदीय सुनुवाई समितिबाट अस्विकृत भएपछि समेत जोशी केही साता कामू प्रधानन्यायाधीशमा यथावत रहने छन् । उनले राजिनामा गरे वा संसदमा महाभियोगको प्रस्ताव दर्ता भएको अवस्था बाहेक अर्को प्रधानन्यायाधीश नियुक्त नहुदासम्म जोशी यथावत हुनेछन् ।

कायम मुकायम प्रधानन्यायाधीशमा जोशी नै रहने

प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गर्नुका छ कारण

संसदीय सुनुवाई बिशेष समितिले प्रधानन्यायाधीशमा दुई तिहाई बहुमतबाट अस्वीकृत गर्दा छ वटा कारण उल्लेख गरेका छन् । समितिका सदस्य योगेश भट्टराईले ति कारणहरु सञ्चारकर्मी समक्ष प्रस्तुत गरेका हुन् । 

प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गर्नुका छ कारण

कानुनमन्त्रीमा ढकाल, आजै सपथ हुने

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् । मोरङ–३ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सा‌ंसद ढकाललाई प्रधानमन्त्री केपी अाेलीले मन्त्री नियुक्त गरेका हुन । 

कानुनमन्त्रीमा ढकाल, आजै सपथ हुने

कोरियाबाट शव ल्याउन सहयोग जुट्दै

बैदेशिक रोजगारीका क्रममा तीन साता अघि दक्षिण कोरियामा सडक दुर्घटनामा ज्यान गुमाएका मोरङको अमरदहका सन्तोष बिष्टको शव आर्थिक समस्याका कारण परिवारजनले अहिलेसम्म घर ल्याउन सकेका छैनन् । 

कोरियाबाट शव ल्याउन सहयोग जुट्दै

प्रहरी हत्या प्रकरण : राज्यमन्त्री शर्मा र मेयर मिश्रलाई पक्राउ गर्न अदालतकाे पत्र 

उच्च अदालत जनकपुरले असई थमन विकका हत्या आरोपी प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र (शंकर शाही) लाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेशको फैसलासहित पत्र काटेको छ । 

प्रहरी हत्या प्रकरण : राज्यमन्त्री शर्मा र मेयर मिश्रलाई पक्राउ गर्न अदालतकाे पत्र 

दोस्रो जोडी गैँडा साउन ३१ गते पठाउने तयारी

चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ । 

दोस्रो जोडी गैँडा साउन ३१ गते पठाउने तयारी

अपडेट: प्रधानन्यायाधीशमा जोशी अस्वीकृत

प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले समितिको बैठक बहिस्कार गरेपछि सत्तारुढ दलका दुई तिहाई बहुमत सांसदले अस्वीकार गरेको हो ।

अपडेट: प्रधानन्यायाधीशमा जोशी अस्वीकृत

इन्टरनेटले जोडिँदै स्थानीय तह

अहिले स्थानीय तहका निर्णय र सूचना लिन कार्यालय धाइरहन पर्दैन । वेबसाइटमै सहजै पाइन्छ । सबैजसो तहमा छुट्टै सूचना प्रविधि कक्ष छ । सूचना प्रविधि अधिकृत नियुक्त गरिएका छन् । कतिपय तहका वेबसाइट भने खाली छन् । विद्युत् अभाव, इन्टरनेट पहुँच र जनशक्ति नहुँदा प्रयोगमा ल्याउन सकिएको छैन ।

इन्टरनेटले जोडिँदै स्थानीय तह

मन्त्री–कर्मचारीका सन्तान सामुदायिकमा

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले छोरी मुनालाई कक्षा ५ सम्म निजी विद्यालयमा पढाए । गुल्मीको अर्जुन बोर्डिङमा पढ्ने उनी बाबु मन्त्री भएलगत्तै बुटवल झरेर सामुदायिक विद्यालयमा भर्ना भइन् ।

मन्त्री–कर्मचारीका सन्तान सामुदायिकमा

अछाममा अटो रिक्सा

तुर्माखाद गाउँपालिका–३ भैरवस्थानका ३४ वर्षीय चन्द्रबहादुर बुढा जिल्लामै अटो रिक्सा चलाउन थालेका छन् । उनको अटो रिक्साले स्थानीयलाई यातायात सुविधा त दिएकै छ, बेलाबेला एम्बुलेन्सको समेत काम गर्दै आएको छ ।

अछाममा अटो रिक्सा

पूर्वाञ्चल विश्वविद्यालय: निर्देशन मिचेर सम्बन्धन तयारी

पूर्वाञ्चल विश्वविद्यालयले सरकारी निर्देशनविपरीत सम्बन्धन खोल्ने तयारी गरेको छ । सरकारले कुनै पनि विश्वविद्याललाई आंगिक र निजी कलेजलाई सम्बन्धन दिन रोक लगाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय: निर्देशन मिचेर सम्बन्धन तयारी

सुन अभावमा मनकामना पुनर्निर्माण रोकियो

छनामा जलप लगाउन तीन किलो सुन अपुग भएपछि मनकामना मन्दिर पुनर्निर्माणको काम रोकिएको छ । गजुर र छानामा जलप लगाउन मात्र हालसम्म १५ किलो सुन खर्च भइसकेको जीर्णोद्घार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।

सुन अभावमा मनकामना पुनर्निर्माण रोकियो

अध्यक्ष नियुक्त नहुँदा सार्कस्तरीय बैठक अन्योल

सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त नगर्दा नेपालमा हुने सार्कस्तरीय बैठक अन्योलमा परेको छ ।

अध्यक्ष नियुक्त नहुँदा सार्कस्तरीय बैठक अन्योल

कक्षा १२ को नतिजा: मध्यमस्तरको जीपीए ल्याउने धेरै

कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थीले मध्यमस्तरको जीपीए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पहिलोपटक ग्रेडिङ प्रणाली (अक्षरांकन पद्धति) अनुसार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा मध्यमस्तरको जीपीए २.०१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ९० हजार २ सय ९९ छ ।

कक्षा १२ को नतिजा: मध्यमस्तरको जीपीए ल्याउने धेरै

सरकारले हेरेन हरिलाई

देशका लागि थुप्रै अन्तर्राष्ट्रिय पदक भित्र्याएका धावक हरिबहादुर रोकाया अहिले अस्पतालको शय्यामा छन् । अन्तर्राष्ट्रिय धावक एवं प्रशिक्षक रोकाया असार ६ गते प्रशिक्षण दिँदादिँदै एक्कासि हातखुट्टा नचलेर ढलेका थिए । उनको राजधानीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

सरकारले हेरेन हरिलाई

किशोरी हत्या प्रकरण: प्रहरी दबाबमा दाहसंस्कार

महेन्द्रनगर बजारको व्यस्त चोकमा एक किशोरीको तस्बिर टाँगिएको छ, ‘हार्दिक श्रद्धाञ्जली’ लेखेर । हत्यारालाई कारबाही माग गर्दै श्रद्धाञ्जली प्रकट गर्नेको घुइँचो लागिरहेको छ ।

किशोरी हत्या प्रकरण: प्रहरी दबाबमा दाहसंस्कार

होला त ‘ट्रयाक चेन्ज ?’

प्रधानन्यायाधीशमा नियुक्तिको अनुमोदनका लागि संसदीय सुनुवाइ समितिमा सवाल जवाफ हुँदै थियो कल्याण श्रेष्ठसँग । सांसदका हरेक प्रश्नको उनले विधि पुर्‍याएर उत्तर दिए ।

होला त ‘ट्रयाक चेन्ज ?’

'कांग्रेसले अल्झाए महाअभियोग'

सत्तारूढ नेकपाका सांसदहरूले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन् ।

'कांग्रेसले अल्झाए महाअभियोग'

एक विद्यार्थी एक तरकारी

कालीगण्डकी गाउँपालिका ६, दब्छेस्थित धु्रवज्योति माविको कक्षा ८ मा अध्ययनरत प्रकृति भट्टराई स्कुलमा तरकारी खेती गर्छिन् । उनी मात्रै होइन, कक्षाका सबैजना पालैपालो तरकारी बारीमा खटिन्छन् । उनीहरूले स्कुलको बारीमा थरीथरी तरकारी फलाएका छन् ।

एक विद्यार्थी एक तरकारी