अध्यक्ष नियुक्त नहुँदा सार्कस्तरीय बैठक अन्योल

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त नगर्दा नेपालमा हुने सार्कस्तरीय बैठक अन्योलमा परेको छ ।

सार्क विश्वविद्यालय अनुदान आयोगका अध्यक्षहरूको पूर्वनिर्धारित तालिकाअनुसार उक्त बैठक आगामी सेप्टेम्बरमा नेपालमा हुनेछ । त्यसको अध्यक्षता नेपालले गर्नेछ ।

निर्वतमान अध्यक्ष प्राध्यापक परासर कोइरालाको गत असार ५ गतेबाट चारवर्षे कार्यकाल सकिएपछि उक्त स्थान रिक्त छ । ‘अध्यक्ष नियुक्त नहुँदा बैठक बस्न सकेको छैन,’ आयोगका सदस्यसचिव प्राध्यापक देवराज अधिकारीले कान्तिपुरसँग भने, ‘नीतिगत निर्णय गर्न सकिएको छैन । बजेट स्वीकृत हुन सकेको छैन । सबैभन्दा अप्ठ्यारो भनेको आगामी सेप्टेम्बरमा नेपालमा हुने सार्कस्तरीय विश्वविद्यालय अनुदान आयोगका अध्यक्षहरूको बैठकको मिति तोक्न सकिएको छैन ।’

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण १८, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कक्षा १२ को नतिजा: मध्यमस्तरको जीपीए ल्याउने धेरै

सुध्रिएन नतिजा, धेरै विद्यार्थी अंग्रेजीमा कमजोर
सुदीप कैनी

काठमाडौँ — कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थीले मध्यमस्तरको जीपीए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पहिलोपटक ग्रेडिङ प्रणाली (अक्षरांकन पद्धति) अनुसार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा मध्यमस्तरको जीपीए २.०१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ९० हजार २ सय ९९ छ ।

यो जीपीए ४० देखि ४९ अंक प्राप्त गर्नेको हो ।


गत वैशाख १४ देखि २७ सम्म सञ्चालित परीक्षामा कुल ४ लाख १७ हजार ८९ परीक्षार्थी सम्मिलित थिए । नियमित २ लाख ९९ हजार ६ सय ७५ जना सहभागी थिए, जसमध्ये ३.६१ देखि ४.० जीपीए प्राप्त गर्नेको संख्या १ हजार १ सय ६९ छ । ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने ११ हजार २ सय २१ जना रहेको बोर्डले जनाएको छ । २७ हजार ६ सय ४३ जनाले २.८१ देखि ३.२० जीपीए ल्याएका छन् । ५८ हजार ३ सय ४५ विद्यार्थीले २.४१ देखि २.८० जीपीए प्राप्त गरेका छन् । १.६१ देखि २.०० जीपीए ल्याउने परीक्षार्थी २२ हजार ७ सय ३४ जना छन् ।


४ हजार ४ सय ८७ जनाले ०.८१ देखि १.२० जीपीए प्राप्त गरेका छन् । सबभन्दा थोरै १ सय ९९ जनाले ०.०० देखि ०.८० जीपीए ल्याएका छन् । ९ वटा जीपीए रेन्जमा नतिजा प्रकाशन गरिएको हो । नियमिततर्फ १७ हजार ४० विद्यार्थी विभिन्न कारण परीक्षामा अनुपस्थित देखिएकाले कुल जीपीएमा नतिजा प्रकाशन गरिएको छैन ।


आंशिकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय २५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ । परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो । यो वर्ष पहिलोपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको हो । ‘आंशिकतर्फ गत वर्षको भन्दा नतिजामा सुधार भएको छैन,’ बोर्डकी प्रवक्ता जयन्ती सत्यालले भनिन्, ‘अंकलाई अक्षरमा रूपान्तरण गरेर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन गरेका हौं ।’


नतिजाअनुसार अनिवार्य अंग्रेजी विषयमा विद्यार्थी कमजोर देखिएका छन् । २ लाख ९८ हजार ९ सय २९ जनाले अंग्रेजीको परीक्षा दिएका थिए, जसमध्ये एक सय ७० जनाले मात्रै ए प्लस प्राप्त गरेका छन् । अंग्रेजीमा पनि मध्यस्तरको ग्रेड प्वाइन्ट प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी ४८ हजार एक सय छ । अंग्रेजी विषयमा मात्र डी प्लसभन्दा थोरै ग्रेड प्राप्त गर्ने एक लाख ४५ हजार परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एउटा विषयमा डी प्लस वा त्योभन्दा कम ग्रेड आएमा विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । उक्त परीक्षा भदौ १६ मा हुने जानकारी बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले दिए । पुनर्योगका लागि भदौ १ भित्र निवेदन दिनुपर्नेछ ।

प्रकाशित : श्रावण १८, २०७५ ०७:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT