कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अपडेट: प्रधानन्यायाधीशमा जोशी अस्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाई समितिले अस्वीकार गरेको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले समितिको बैठक बहिस्कार गरेपछि सत्तारुढ दलका दुई तिहाई बहुमत सांसदले अस्वीकार गरेको हो ।

अपडेट: प्रधानन्यायाधीशमा जोशी अस्वीकृत

शुक्रबार बिहानदेखि सुनुवाइ समितिकाे कार्यालय सिंहदरबारमा बैठक भएको थियो । बैठकमा सत्तारुढ दलका सांसदले अस्वीकार गर्ने भएपछि कांग्रेसका सांसदहरुले बैठक बहिस्कार गरेका थिए ।

संसदीय सुनुवाई बिशेष समितिले सिफारिस भएका ब्यक्ति अस्वीकार गरेको यो पहिलो पटक हो ।

झण्डै पाँच घण्टा चलेको बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि बहुमतको आधारमा जोशीलाई अस्वीकार गर्न लागिएको हो ।

समितिमा रहेको कांग्रेसका चार सांसदले बैठक बहिस्कार गरे भने नेकपामा ९ र संघीय समाजवादीका १ गरी १० जनाले अस्वीकार गरेका हुन् । राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्ण समितिका सदस्य छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गर्ने प्रक्रियामा सहभागी नहुने चेतावनी दिएपछि संसदीय सुनुवाइ विशेष समितिले बुधबार पनि निर्णय दिन सकेकाे थिएन ।

जोशीलाई प्रधानन्यायाधीशका लागि स्वीकार गर्ने/नगर्ने भन्नेमा बुधबार दिनभर दुवै दलका शीर्ष तहदेखि समितिका सदस्यहरूबीच लामो माथापच्ची चलेको थियो । समितिको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य लक्ष्ममणलाल कर्णले प्रक्रिया अघि बढाउने विषयमै सहमति नजुटेपछि शुक्रबारका लागि बैठक सारिएको थियाे।

याे पनि पढ्नुहाेस् ।


जोशीको प्रधानन्यायाधीश पद नेकपाको हातमा !

पेचिलो बन्दै प्रधानन्यायाधीश नियुक्ति, संसदीय समितिको बैठक सोमबार २ बजेलाई सर्‍यो

प्रधानन्यायाधीश नियुक्तिमा अन्योल

कामु प्रधानन्यायाधीश जोशीको प्रमाणपत्र : परीक्षा दुईतिर, सिम्बोल नम्बर एउटै

कामु प्रधानन्यायाधीश जोशीलाई सांसदको प्रश्न – राजस्वको मुद्दामा सरकार किन सधै पराजित हुन्छ ?

प्रकाशित : श्रावण १८, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?