कांग्रेस संसदीय दलकाे बैठक जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद्‌मा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भैरहेकाे छ।

बिहीबार कांग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि नपाएपछिप्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो। कांग्रेसले बैठक बहिष्कार गरेपछि पनि सभामुखले बैठकलाई निरन्तरता दिए पछि पार्टीले थप गम्भीररूपमा लिएको जनाएको छ।

Esewa Pasal

प्रकाशित : श्रावण १८, २०७५ १२:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दोस्रो जोडी गैँडा साउन ३१ गते पठाउने तयारी

रासस/याेन्हाप

चितवन — चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ । 

फोटोः चीनलाई उपहार दिन बुमामा राखिएको गै‌डा । फोटो सौजन्यः चितवन राष्ट्रिय निकुञ्ज ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको बताए । चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको जानकारी आएको बताइएको छ ।

यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाइएको थियो । दोस्रो जोडी गैँडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम 'सोल्टी' र डेढदेखि दुई वर्षको पोथीको नाम 'मितिनी' राखिएको छ । बाटोका कारण दुई दिनअघि नै साउन २९ गते गैँडा काठमाडौँ पठाइँदै छ । पहिलो जोडी गैँडा दुई दिनअघि नै काठमाडौँ लगेर राखिएको थियो ।

निकुञ्जबाट नियन्त्रणमा लिइएका गैँडा हाल सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा खाल्टो खनेर (पिटबुमामा) राखिएको छ । निकुञ्जका अधिकारीले गैँडा मानिससँग घुलमिल भएकाले लैजान समस्या नहुने जनाएका छन् ।

यसअघि झैँ पछिल्लो जोडी गैँडा पठाउँदा निकुञ्जका चिकित्सक, प्राविधिक र सहयोगी पठाउने तयारी गरिएको छ । पहिलो जोडी गैँडा पठाउँदा सँगै गएका चिकित्सक र प्राविधिक फर्किसकेका छन् । सहयोगी अझै फर्किएका छैनन् ।

दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने बताएका थिए। सोहीअनुरुप अहिले गैँडा पठाउन लागिएको हो । चीनमा दुई जोडी गैँडा पठाएपछि यस निकुञ्जबाट हालसम्म उपहारस्वरुप विभिन्न देशमा पठाइएका गैँडाको संख्या ३० पुग्छ ।

प्रकाशित : श्रावण १८, २०७५ १२:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT