कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोरियाबाट शव ल्याउन सहयोग जुट्दै

विनोद भण्डारी

विराटनगर — बैदेशिक रोजगारीका क्रममा तीन साता अघि दक्षिण कोरियामा सडक दुर्घटनामा ज्यान गुमाएका मोरङको अमरदहका सन्तोष बिष्टको शव आर्थिक समस्याका कारण परिवारजनले अहिलेसम्म घर ल्याउन सकेका छैनन् । 

कोरियाबाट शव ल्याउन सहयोग जुट्दै

आर्थिक समस्याले शव ल्याउन नसकेपछि बिष्ट परिवारलाई आर्थिक सहयोग जुट्न सुरु भएको छ ।


सुनवर्षी नगरपालिका–२ का बडा अध्यक्ष प्रताप तामाङले शुक्रबार मृतकका बुवा नरेन्द्रबहादुर बिष्टलाई १ लाख १ हजार ब्यक्तिगत सहयोग गरेका छन् ।


१३ लाख ऋण काढेर कोरिया पुगेका २९ वर्षीय सन्तोषको जुलाई १२ मा सडक दुर्घटनामा ज्यान गएको थियो । ऋण पनि तिरिनसक्दै छोराको ज्यान गएपछि २५ दिनसम्म आर्थिक अभावमा शव नेपाल ल्याउन नसकिएको बावु नरेन्द्रले बताए ।


दक्षिण कोरियाको सिजिओ सहरमा स्कुटरमा सवार सन्तोषलाई पछाडिबाट गाडीले ठक्कर दिएपछि उपचारका क्रममा मृत्यु भएको आफन्तको भनाई छ । दुर्घटना गराउने गाडीधनी पनि आर्थिक अवस्था कमजोर भएका कारण उनको शव नेपाल ल्याउन समस्या बिष्टको भनाई छ । दुर्घटना गराउने गाडीले तिर्नुपर्ने क्षतिपूर्ति तिर्न नसकेपछि उक्त गाडी धनी र सन्तोषको शव प्रहरीको नियन्त्रणमा रहेको बिष्टका परिवारजनको भनाई छ । उनीहरुका अनुसार शव नेपाल पुर्‍याउन करिब १० लाख खर्च लाग्ने बताइएको छ ।


सन्तोष दलालमार्फत डेढ वर्ष अघि दुवईबाट दक्षिण कोरिया पुगेका हुन् । पर्यटन भिषाबाट कोरिया पुगेका कारण उनको शव नेपाल ल्याउन प्राविधिक समस्या भएको स्थानीयवासीको भनाई छ ।

प्रकाशित : श्रावण १८, २०७५ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?