कानुनमन्त्रीमा ढकाल, आजै सपथ हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् । मोरङ–३ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सा‌ंसद ढकाललाई प्रधानमन्त्री केपी अाेलीले मन्त्री नियुक्त गरेका हुन । 

अघिल्लाे म‌ंगलबार मन्त्री शेरबहादुर तामाङले राजीनामा दिए पछि उक्त मन्त्रालय प्रधानमन्त्री अाेलीले हेर्दै अाएका थिए।

केही दिनअघि बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनका लागि जाने नेपाली छात्राले प्रमाणपत्रका लागि शरीरसमेत सुम्पिनुपर्ने खालका घटना सुनिएको सार्वजनिक कार्यक्रममा बोलेका तामाङले चाैतर्फी दबाबपछिराजीनामा गरेका थिए ।

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण १८, २०७५ १४:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेपालद्वारा नेदरल्यान्ड्स १ रनले पराजित (अपडेट)

कान्तिपुर संवाददाता

काठमाडौँ — नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल १ रनले विजयी भएको छ । अन्तिम बलमा २ रन चाहिएको स्थितिमा कप्तान पारस खड्काले रनआउट गरेपछि नेपाल विजयी भएको हो ।

नेपालले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स अन्तिम बलमा २ सय १५ रन जोड्दै अलआउट भएको हो ।

नेदरल्यान्ड्सका लागि वेस्ली बरेसीले सर्वाधिक ७१ रन जोडे । नेपालका सन्दीप लामिछानेले ३ तथा ललितसिंह भण्डारीले २ विकेट हात पारे ।

....
नेपाल र नेदरल्यान्ड्सबीच जारी दोस्रो वान-डेमा नेपालले घरेलु टोलीसामु २ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाए । कप्तान पारसले ६९ बलमा ६ चौका र २ छक्कासहित ५१ रन जोडे ।

आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ४६ बलमा ५ चौका र ३ छक्काको मदतले ६१ रन बनाए। दीपेन्द्रसिंह ऐरी र डेब्यु गरिरहेका सुवास खकुरेलले १९-१९ रन जोडे। नेपाललाई ४९ औं ओभरमा अलआउट गर्ने क्रममा नेदरल्यान्ड्सका लागि क्लासेनले सुरुआती ३ विकेट लिए। माइकल रिप्पोन र पिटर सिलारले २-२ विकेट हात पारे।
बुधबार पहिलो खेलमा प्रतिस्पर्धा गर्दै नेपाल आधिकारिक रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने २३ औं राष्ट्र बनेको थियो। नेदरल्यान्ड्सलाई १ सय ८९ रनमा अलआउट गरेको नेपालले पहिलो खेलमा सानदार सुरुआत गर्नेक्रममा १ विकेट गुमाई ८५ रन बनाइसकेको थियो। तर ४९ रनमा बाँकी ९ विकेट गुमाएको नेपाल ४१.५ ओभरमा १ सय ३४ रनमै अलआउट भइ पराजय बेहोर्न बाध्य भएको थियो।

तर नेपालले एमस्ट्राडमको एमस्टलभिनको भीआरए मैदानमा पहिलो खेलमा ५५ रनको पराजय भोगेको थियो। शुक्रबारको खेल जित्दै दुई खेलको शृंखला बराबरी गर्ने दाउ नेपालको रहेको छ।
सोही खेलमा फिल्डिङका क्रममा औंलामा चोट लागेका अनुभवी ब्याट्सम्यान शरद भेषावकर आज खेल्ने छैनन। उनको स्थान युवा ब्याट्सम्यान रोहित पौडेलले लिने छन्। त्यस्तै शक्ति गौचनले पहिलो खेलबाट विदेशी भुमिमा संन्यास लिइसकेका छन्। उनको स्थान कसले लिने निर्णय भएको छैन।

नेपालले २०१६ मा पछिल्लो पटक एमस्ट्राडम भ्रमण गर्दा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्यान्ड्ससँगको दोस्रो खेल जितेको थियो।

प्रकाशित : श्रावण १८, २०७५ १४:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT