२५ हजार घुससहित मालपोत प्रमुख पक्राउ

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको आठराईमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा शंकरप्रसाद दाहाल २५ हजार घुससहित पक्राउ परेका छन् । 

अख्तियारको टोलीले शुक्रबार दिउँसो साढे १ बजे सेवाग्राहीबाट घुस लिदै गर्दा पक्राउ गरेको हो।

अख्तियारको इटहरी कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले आफ्नै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले वताए। कार्यालय प्रमुख दाहाल अख्तियारकै टोलीको नियन्त्रणमा रहेको निमित्त प्रजिअ घिमिरेले बताए।

प्रकाशित : श्रावण १८, २०७५ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कानुनमन्त्रीमा ढकाल, आजै सपथ हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् । मोरङ–३ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सा‌ंसद ढकाललाई प्रधानमन्त्री केपी अाेलीले मन्त्री नियुक्त गरेका हुन । 

अघिल्लाे म‌ंगलबार मन्त्री शेरबहादुर तामाङले राजीनामा दिए पछि उक्त मन्त्रालय प्रधानमन्त्री अाेलीले हेर्दै अाएका थिए।

केही दिनअघि बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनका लागि जाने नेपाली छात्राले प्रमाणपत्रका लागि शरीरसमेत सुम्पिनुपर्ने खालका घटना सुनिएको सार्वजनिक कार्यक्रममा बोलेका तामाङले चाैतर्फी दबाबपछिराजीनामा गरेका थिए ।

प्रकाशित : श्रावण १८, २०७५ १४:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT