कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गर्नुका छ कारण

कान्तिपुर संवाददाता

काठमाडौँ — संसदीय सुनुवाई बिशेष समितिले प्रधानन्यायाधीशमा दुई तिहाई बहुमतबाट अस्वीकृत गर्दा छ वटा कारण उल्लेख गरेका छन् । समितिका सदस्य योगेश भट्टराईले ति कारणहरु सञ्चारकर्मी समक्ष प्रस्तुत गरेका हुन् । 

प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकार गर्नुका छ कारण

जोशी अस्वीकृत गरिनुका छ कारणहरु:

१. प्रधानन्यायाधीको पदमा रहेर न्यायलयको नेतृत्व गर्ने सम्बन्धमा ठोस कार्ययोजना प्रस्तुत गर्न नसकेको ।

२. आम नागरिकबाट सार्वजनिक रुपमा उठेका र समितिका सदस्यहरुले उनको आचरण, इमान्दारिता र कार्यक्षमताका सम्बन्धमा उठाइएका प्रश्नहरुको सन्तोषजनक उत्तर दिन नसकेको ।

३. शैक्षिक प्रमाणपत्रहरु सन्देहात्मक रहनुका साथै जन्ममिति समेत फरकफरक उल्लेख रहेको विवादित सन्दर्भमा यथेष्ट प्रमाण पेश गर्न र सन्तोषजनक उत्तर दिन नसकेको ।

४. सार्वजनिक आचरण, व्यवहार र विगतको काम कारवाहीको सम्बन्धमा न्यायाधीशहरुबाट नै लिखित रुपमा टिप्पणी गरेको पाइएको ।

५. सर्वोच्च अदालतमा रही कामकारवाही गर्दा नेपालको न्याय प्रणालीलाई योगदान दिएको दृष्टान्त दिन सकिने काम गर्न नसकेको ।

६. निजको कामबाट नेपालको न्यायालय, सक्षम, स्वच्छ र विकृति बिहीन हुन्छ भन्ने विषयमा यस समितिका सदस्यहरु सन्तुष्ट हुन नसकेको ।

यि छ वटा कारण उल्लेख गर्दै 'नेपालको प्रधानन्यायाधीश जस्तो गरिमामय पदको जिम्मेवारी दिन उपयुक्त हुने कुनै पनि आधार समितिले नपाएको' समितिको निर्णयमा उल्लेख छ ।

सुनुवाई समितिको निर्णय:

प्रकाशित : श्रावण १८, २०७५ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?