१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
समाचार

News

४५ लाख क्षतिपूर्ति तिरेर फर्के राई

साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए ।

४५ लाख क्षतिपूर्ति तिरेर फर्के राई

भारतीयद्वारा नेपाली भूभागमा बाटो निर्माण

माथिल्लो तहको सहमति भन्दै भारतीय पक्षले नेपाली भूभागसम्मै सडक निर्माणको काम सुरु गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव बजार नजिक टनकपुर बाँधको छेउमा उक्त सडक निर्माण भइरहेको हो । 

भारतीयद्वारा नेपाली भूभागमा बाटो निर्माण

हिन्दीमा भाषण गर्दै दाहालले भने, ‘जन्मसिद्धका सन्तानले नागरिकता नपाउनु अजुबा’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जन्मसिद्ध नागरिकता पाएकाहरुको सन्तानले त्यही आधारमा नागरिकता नपाउनु ‘अजुबा’(आश्चर्य) भएको बताएका छन् ।

हिन्दीमा भाषण गर्दै दाहालले भने, ‘जन्मसिद्धका सन्तानले नागरिकता नपाउनु अजुबा’

चौरजहारी अस्पतालमा तनाव, तीन राउन्ड हवाई फायर

चौरजहारी नगरपालिका–१, मा सञ्चालित चौरजहारी अस्पतालमा तोडफोड भएको छ । अस्पतालमा उपचारत एक महिलाको लापरबाहीको कारण मृत्यु भएको आरोप लगाउँद मृतकका आफन्तले आइतबार अस्पतालमा तोडफोड गरेका हुन् । 

चौरजहारी अस्पतालमा तनाव, तीन राउन्ड हवाई फायर

दुर्घटना गर्दै, उन्मुक्ति पाउँदै

सोविन्द तामाङले चलाएको माइक्रो बसले ठक्कर दिँदा ३ वर्षअघि नयाँ बसपार्कमा पैदलयात्री ४ वर्षीय अनुष तामाङको मृत्यु भयो । प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरबाही भन्ने प्रस्ट छ ।

दुर्घटना गर्दै, उन्मुक्ति पाउँदै

किशोरी हत्या प्रकरण : बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ ।

किशोरी हत्या प्रकरण : बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि

कक्षा १२ नतिजा : प्रयोगात्मकमा सधैं ‘शतप्रतिशत’

कक्षा १२ को गत साता प्रकाशित नतिजामा लिखित परीक्षामा थोरै नम्बर ल्याउने विद्यार्थीलाई पनि प्रयोगात्मकमा शतप्रतिशत नम्बर दिएको भेटिएको छ ।

कक्षा १२ नतिजा : प्रयोगात्मकमा सधैं ‘शतप्रतिशत’

‘मणि हराएका’ गच्छदार

सदाबहार मन्त्रीको उपमा बोकेका कांग्रेस नेता विजय गच्छदार यतिबेला गुमनामजस्तै छन् । ०४८ देखि निरन्तर चुनाव जित्दै आएका उनी १३ पटक मन्त्री बने ।

‘मणि हराएका’ गच्छदार

गंगामायाको 'सम्पर्कविहीन' छोरा नूरप्रसाद प्रहरी नियन्त्रणमा

महानगरीय प्रहरी अपराध महाशाखाले कृष्णप्रसाद अधिरकारी हत्याका उजुरीकर्ता मध्येका एक नुरप्रसाद अधिकारीलाई आइतवार नियन्त्रणमा लिएको छ । 

गंगामायाको 'सम्पर्कविहीन' छोरा नूरप्रसाद प्रहरी नियन्त्रणमा

नुरप्रसादलाई अदालतमा उपस्थित हुन आदेश

गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा आइतबार बहसपछि चितवन जिल्ला अदालतले जाहेरवाला मृतकका दाइ नुरप्रसादलाई अदालत ल्याउन आदेश दिएको छ । अदालतले यस्तो आदेश गरेको यो दोस्रो पटक हो ।

नुरप्रसादलाई अदालतमा उपस्थित हुन आदेश

जाजरकोट पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ९ पुग्यो [अपडेट]

अविरल वर्षाका कारण भेरी नगरपालिका ३ ठाँटीबजारमा पहिरोमा पुरिएर आइतबार ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र ८ बालबालिका छन् । पहिरोमा परी एक जना घाइते भएका छन् । 

जाजरकोट पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ९ पुग्यो [अपडेट]

घुमाउनेको पहिरो सफा गरिएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

घुमाउनेमा पहिरो जाँदा शनिबार रातिबाटै ठप्प भएको नारायणगढ–मुग्लिन सडक आइतबार बिहान साढे नौ बजेबाट दुई तर्फी रुपमा चल्न थालेका छन् । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदकुमार गौतमका अनुसार शनिबार राति १० बजे पहिरो गएपछि बाटो बन्द भएको थियो । बिहान उज्यालो भए लगत्तै पहिरो हटाउन सुरु गरिएको थियो ।

घुमाउनेको पहिरो सफा गरिएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

बेनी–जोमसोम सडकको रघुगंगा गाउँपालिका २ र ३ वडामा पर्ने चमेरे र बैंसरीमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका, २ बैंसरीमा पहिरोले ३३/११ केभिए हाईटेन्सन लाईनका खम्बा समेत खसालेकोले जिल्लाको उत्तरी भेगमा विद्युत आपूर्ति पनि बन्द भएको छ ।

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

पहिरोले घेरियो खलंगा, २ घर पुरिए

शनिबार रातिको भारी वर्षााले जाजरकोटकाे भेरी नगरपालिका– ३ ठाँटीबजारमा पहिराेले दुई वटा घर पुरिएका छन् । आइतबार बिहान ८ बजेतिर पहिरो खसेको हो । घरभित्र ५ जना बालबालिका रहेको जानकारीका अाधारमा प्रहरी र स्थानीयले उद्धार सुरु गरेका छन् । अहिलेसम्म ती बालबालिका बारे यकिन हुन सकेको छैन ।

पहिरोले घेरियो खलंगा, २ घर पुरिए

नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

नारायणगढ मुग्लिन सडककाे घुमाउनेमा पहिरो खस्दा अाज पनि यातायात अवरुद्ध छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदकुमार गौतमका अनुसार शनिबार राति १० बजे पहिरो गएपछि बाटो बन्द भएको हो ।

नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

सुत्केरीलाई रातो भाले

पाख्रिबास नगरपालिका–३ की १७ दिने सुत्केरी इन्दिरा थापाले घरभरि पाहुना आएपछि अनौठो मानिन् । अझ पाहुनाले रातो भाले र उपहार दिंदा उनलाई माइती नै आएजस्तो लाग्यो ।

सुत्केरीलाई रातो भाले

बालविवाह रोक्न बालिका बिमा

कलिलैमा गरिने विवाह र छोरीमाथि हुने हिंसा रोक्न के गर्नुपर्ला ? धेरै ठाउँमा उत्तिकै उपायबारे बहस हुन्छन् । रूपन्देहीका केही स्थानीय तहले भने यसबाट छुटकाराका लागि बालिका बिमा सुरु गरेका छन् ।

बालविवाह रोक्न बालिका बिमा

गाउँपालिका माग्दै राजधानी

सोरु गाउँपालिकाले अपायकका केही वडालाई पायक पर्ने गरी छुट्टै गाउँपालिका गठनको माग गरेको छ । गाउँसभाले कर्णाली नदी पारिका धैनकोट, कालै र रारालगायत चार वडाका स्थानीयलाई पायक पर्ने गरी छुट्टै गाउँपालिका गठनको निर्णय गरेको छ ।

गाउँपालिका माग्दै राजधानी

कांग्रेसमा नयाँ बहस : संसदीय सुनुवाइ कति उचित ?

प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकार भएको घटनापछि प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय सुनुवाइ समितिको भूमिका र औचित्यमाथि नै बहस थालेको छ ।

कांग्रेसमा नयाँ बहस : संसदीय सुनुवाइ कति उचित ?

पूर्वोत्तर भारतको गणनामा नेपालीभाषी छुटे

२३ जुलाईमा भारतको उत्तरपूर्वी राज्य मणिपुर सरकारले एउटा विधेयक पारित गर्‍यो । ‘मणिपुर पिपुल बिल’ विधानसभाबाट पारित भएसँगै मणिपुरमा नेपालीभाषीसहितका अल्पसंख्यक त्रस्त छन् ।

पूर्वोत्तर भारतको गणनामा नेपालीभाषी छुटे

कमिलाबाट सिक्ने कला

ठूल्ठूला कुरा गरेर फुर्सद नहुने समाजमा स–साना कमिलाको वास्ता कसलाई होला ? राजधानीलगायत सहरमा घचेटमचेट गर्दै हिँड्नुपर्ने अवस्था बेहोरिरहेका सर्वसाधारणलाई अनुशासित र पंक्तिबद्ध भएर लस्करै हिँडेका कमिलाबारे सोच्ने फुर्सद कहिले मिल्ला ?

कमिलाबाट सिक्ने कला

कामु प्रधानन्यायाधीशमा आजदेखि मिश्र

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको नेतृत्वमा पुग्न अयोग्य ठहर्‍याएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बसेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शनिबार साँझ भेटी उनले १५ दिन बिदामा बस्ने जानकारी गराएका हुन् ।

कामु प्रधानन्यायाधीशमा आजदेखि मिश्र

जोशीले भने– ममाथि असाध्यै अन्याय भयो

प्रधानन्यायाधीश हुन अयोग्य ठहर्‍याइएका दीपकराज जोशीले संसदीय सुनुवाइ विशेष समिति बिनाआधार, बिनाप्रमाण एवं हचुवाका भरमा आफ्नो प्रमाणपत्रबारे निचोडमा पुगेको दाबी गर्दै स्वतन्त्र निकायबाट यसको छानबिन गर्न माग गरेका छन् ।

जोशीले भने– ममाथि असाध्यै अन्याय भयो