३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गाउँपालिका माग्दै राजधानी

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाले अपायकका केही वडालाई पायक पर्ने गरी छुट्टै गाउँपालिका गठनको माग गरेको छ । गाउँसभाले कर्णाली नदी पारिका धैनकोट, कालै र रारालगायत चार वडाका स्थानीयलाई पायक पर्ने गरी छुट्टै गाउँपालिका गठनको निर्णय गरेको छ ।

गाउँपालिका माग्दै राजधानी

गाउँसभा निर्णयपछि जनप्रतिनिधिको टोली प्रदेश राजधानी सुर्खेत र काठमाडौं गएको छ । नगरपालिकाको सात लाख खर्चमा टोली गएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर शाही, उपाध्यक्ष राज्यलक्ष्मी बम, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय र विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको टोली प्रदेश र संघीय राजधानी हिंडेको हो ।

यातायात र खानालगायत खर्चका लागि कार्यालय सहयोगी धनमानसिंंह मल्लको नाममा गाउँपालिकाबाट ३ लाख पेस्की लिइएको छ । डेलिगेसनका लागि आफ्नो नाममा पेस्की खर्च देखाउन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायतले अनिच्छा देखाएपछि कार्यालय सहयोगीका नाममा पेस्की बुझिएको हो ।

बाँकी ४ लाख रकम डेलिगेसनमा खटिएका टोलीहरूले बिल भर्पाई पेस गरेपछि भुक्तानी हुने जनाइएको छ । उपाध्यक्ष बमले अर्को गाउँपालिका माग गर्न टोली मुगुबाट हिंडेको बताइन् । उनका अनुसार सरकारका प्रतिनिधिसँग भेटेर टोलीले छुट्टै गाउँपालिकाको माग गर्नेछ ।

‘पहिले स्वीकृत भएको गाउँपालिकाको केन्द्र सोरुकोटमा राख्ने गाउँ सभाबाटै निर्णय भएको छ,’ उनले भनिन्,‘कर्णाली पारिका स्थानीयलाई सोरुकोट पुग्न तीन दिनसम्म लाग्ने भएकाले छुट्टै स्थानीय तहको निर्णय गरिएको हो ।’ गाउँपालिका स्थापना भएमा सेवा लिन सहज हुनेछ ।

प्रकाशित : श्रावण २०, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?