२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सुत्केरीलाई रातो भाले

रमेशचन्द्र अधिकारी

धनकुटा — पाख्रिबास नगरपालिका–३ की १७ दिने सुत्केरी इन्दिरा थापाले घरभरि पाहुना आएपछि अनौठो मानिन् । अझ पाहुनाले रातो भाले र उपहार दिंदा उनलाई माइती नै आएजस्तो लाग्यो ।

सुत्केरीलाई रातो भाले

पाख्रिबास नगरपालिकाले यसै महिनादेखि सुरु गरेको ‘वडाध्यक्षसँग कर्णधार’ कार्यक्रमअन्तर्गत जनप्रतिनिधि र स्वास्थ्यकर्मीलगायतको टोली उनको घरमा पुगेको थियो ।

इन्दिराका पति राजु थापाले घरैमा आएर जनप्रतिनिधि र स्वास्थ्यकर्मीले चासो राख्दा खुसी लागेको बताए । सुत्केरीको घरैमा गएर रातो भाले, पोषणयुक्त खानेकुरा र न्यानो लुगा वितरणको सुरुवात गर्न टोली इन्दिराको घरमा पुगेको थियो । नगरप्रमुख बिर्खबहादुर राईले यो अभियानअन्तर्गत घरैमा बच्चाको जन्मदर्ता र स्वास्थ्य परीक्षणसमेत गर्न थालिएको
जानकारी दिए ।

यस्तो कार्यक्रमले स्थानीय खुसी छन् । बस्तीमा कोही सुत्केरी हुनासाथ स्थानीयले जनप्रतिनिधिलाई खबर गरिहाल्छन् । शिशु र सुत्केरीलाई कुपोषण अनि रक्तअल्पताको अवस्था आइनपरोस् भनेर यस्तो कार्यक्रम थालिएको उपप्रमुख देवकला पौडेल तिम्सिनाले बताइन् ।

‘बालबालिका ‘भोलिका कर्णधार’ भएकाले नवजात शिशुलाई लक्षित गरी कार्यक्रम थालिएको हो,’ उनले भनिन् । बच्चालाई हुर्काउन आवश्यक पर्ने आमाको दूधका लागि समेत पोषिलो खाना जरुरी रहेकाले पोषणयुक्त खानेकुरा घरैमा गएर वितरण गर्न थालिएको छ । नगरपालिकाले थालेको ‘वडाध्यक्षसँग कर्णधार’ कार्यक्रममा इन्दिराकी छोरी सोफीलाई नगरको पहिलो सन्तानसमेत घोषणा गरियो । उपप्रमुख तिम्सिनाले भनिन्, ‘बालबालिका भोलिका कर्णधार भएकाले उनीहरूको साथमा हामी सँगसँगै हुनेछौं ।’ अन्य शिशु तथा सुत्केरीलाई पनि यसै साताभित्र कुखुरा र पोषणयुक्त खानेकुरा वितरण गरिने नगरपालिकाका प्रमुख राईले बताए । सुत्केरीका लागि नगरपालिकाले रातो भालेसहित ५ हजार रुपैयाँसम्मको खानेकुरा वितरण गर्छ ।

प्रकाशित : श्रावण २०, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?