घुमाउनेको पहिरो सफा गरिएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

रमेशकुमार पौडेल

चितवन — घुमाउनेमा पहिरो जाँदा शनिबार रातिबाटै ठप्प भएको नारायणगढ–मुग्लिन सडक आइतबार बिहान साढे नौ बजेबाट दुई तर्फी रुपमा चल्न थालेका छन् । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदकुमार गौतमका अनुसार शनिबार राति १० बजे पहिरो गएपछि बाटो बन्द भएको थियो । बिहान उज्यालो भए लगत्तै पहिरो हटाउन सुरु गरिएको थियो ।

घुमाउनेको पहिरो सफा गरिएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
घुमाउनेमा नै ढुंगा खसेका कारण हिजो शनिबार पनि बिहान ६ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा दिउँसो सवा दुई बजेपछि मात्रै दुई तर्फी गाडी चल्न थालेका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार त्यो ठाउँमा बिहीबारयता दिन दिनै जसो ढुंगा खसेर बाटो बन्द हुने गरेको छ ।

नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक हो । यो बाटो हुँदै दैनिक १० हजार गाडी ओहर दोहर गर्छन् । यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ । सडक फराकिलो पार्न पहाड काटेको ठाउँमा पहिरो जाने समस्याले यात्रुहरु हैरान छन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?