कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

गंगामायाको 'सम्पर्कविहीन' छोरा नूरप्रसाद प्रहरी नियन्त्रणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरीय प्रहरी अपराध महाशाखाले कृष्णप्रसाद अधिरकारी हत्याका उजुरीकर्ता मध्येका एक नुरप्रसाद अधिकारीलाई आइतवार नियन्त्रणमा लिएको छ । 

गंगामायाको 'सम्पर्कविहीन' छोरा नूरप्रसाद प्रहरी नियन्त्रणमा

चितवन जिल्ला अदालतमा आइतबार मुद्दाको पेसी भइरहँदा ग‌ंगामाया अधिकारीको सम्पर्कविहिन छोरा नुरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।


महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरज प्रताप सिंहले प्रहरीले कुनै मुद्दामा समातेको नभई आमा गंगामाया अधिकारीले खोजि गरिदिन गरेको आग्रहका आधारमा नियन्त्रणमा लिएको बताए । 'हामी उनलाई वीर आस्पतालमा रहेको आमा गंगामायालाई जिम्मा लगाउछौं' उनले भने ।


सशस्त्र द्वन्द्वका बेला हत्या भएका गोरखाका कृष्ण अधिकारीका विषयमा चितवन जिल्ला न्यायाधीस कुलप्रसाद शर्माको इजलासमा आज सुनुवाइ सुरू भएको छ । गोरखा फुजेलबाट चितवन रत्ननगरमा हजुरबुबा हजुरआमा भेट्न आएका कृष्ण अधिकारीको ६१ साल जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । जसको तत्कालीन विद्रोही माओवादीले जिम्मा लिएको थियो ।


यो घटनाविरूद्ध चितवन जिल्ला अदालतमा २०७० सालको चैत्रमा १३ जनाविरूद्ध मुद्दा दायर भएको थियो । मुद्दामा माओवादीका नेताहरूलाई नभएर अधिकांश छिमेकी र आफन्तलाई अभियोग लगाइएको छ। 'जनयुद्ध' को घटनाका विषयमा मुद्दा चलाएको भनेर माओवादी पक्षले आन्दोलनसमेत गरेको थियो ।


यो घटनाका विषयमा मृतक कृष्णका बुबा नन्दप्रसाद र दाजु नुरप्रसादले घटना पछि चितवन प्रहरीमा उजुरी दिएका थिए । तर लामो समय छानबिन भएन । बाबु नन्दप्रसाद र आमा गंगामायाले अनसन सुरू गरेपछि ७० सालको साउन अन्तिमबाट अनुसन्धान सुरू भएर चैत्र अन्तिममा मुद्दा दायर भएको थियो । अनसनका क्रममा नै बाबु नन्दप्रसादको निधन भएको छ । उनको दाह संस्कार पनि भएको छैन । नुरप्रसाद भने बाबुको निधनलगतैदेखि सम्पर्कविहिन थिए ।



प्रकाशित : श्रावण २०, २०७५ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?