समाचार
श्रावण २१, २०७५

अपहरण, फिरौती माग अनि हत्या : किन बचाउन सकेन प्रहरीले ?

प्रहरीले समयमै सूचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आइतबार अपहरित एक बालकको ज्यान गुमेको छ । पेप्सीकोला टाउन प्लानिङस्थित डेराबाट अपहरित ११ वर्षीय निसान खड्कालाई प्रहरीले सोमबार मध्याह्न १२ बजेतिर मात्रै मृत अवस्थामा फेला पारेको थियो । 

'होमवर्क' गर्दागर्दै पुरिए बालक, ठाँटीबजार शोकमा डुब्यो

कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् । उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो । हतार–हतार डेरा फर्किइन् ।

विवाह गर्ने उमेर अब २० वर्ष

हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ ।

सक्रिय हुँदै संसदीय समिति

प्रतिनिधिसभाका १० वटै विषयगत समिति सोमबारदेखि सक्रिय भएका छन् । संसद् बैठक बस्न थालेको झन्डै पाँच महिनापछि सबै समितिको पहिलो बैठक सोमबार बसेको छ । सरकारको कामकारबाही निगरानी गर्ने, सरकारलाई प्रश्न सोध्ने, संसद्मा आएका विधेयकमाथि दफावार छलफल गर्ने, त्यसमा आवश्यक थपघट गर्नेजस्ता महत्त्वपूर्ण काम समितिले गर्छन् । 

ADVERTISEMENT
ADVERTISEMENT

१८ मुलुकका सैन्य अधिकारी काठमाडौंमा 

नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको संयुक्त आयोजनामा सञ्चालन हुने बहुराष्ट्रिय सञ्चार उपकरण सञ्चालन सम्बन्धि कार्यक्रम (एमसीआईपी) पिई १८ को कार्यक्रम आरम्भ भएको छ ।

राई यायोक्खाद्वारा ३ लाखको पुरस्कार र छात्रवृत्ति घोषणा

किरात राई यायोक्खाले यो वर्ष ३ लाख २१ हजार ५ सय रुपैयाँ राशिको पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

संसदमा कांग्रेसको प्रश्न, 'जोशी आयोग्य भए सिफारिश गर्ने प्रधानमन्त्री कसरी योग्य ?'

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ ।

दक्षिण कोरिया जाने भाडा घट्यो 

रोजगार अनुमति प्रणाली अन्तर्गत रोजगारीको लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकट वापत दिने रकममा २३ प्रतिशत घटेको छ । अब कामदारले हवाई टिकट वापत ४ सय ११ अमेरिकन डलर (४५ हजार २ सय ९२ रुपैयाँ) दिनुपर्नेछ । 

ADVERTISEMENT
ADVERTISEMENT

बाटोमा खोला बगेपछि ...

एक वर्षदेखि ‘ब्रेन टियुमर’ समस्या भोगिरहेका दश वर्षीय बालक रिचन ठकुरी सोमबार नियमित उपचारका लागि अस्पताल जान पाएनन् । आइतबार रातभर परेको भारी वर्षाका कारण ललितपुरस्थित लुभुको गोदावरी खोला बढ्यो, बाटो नाघ्नेगरी उर्लेको खोलाका कारण सवारीसाधन ठप्प भयो । यति मात्रै होइन खोलाको पानी उनको घरभित्रै पसेको छ ।

बुढीगण्डकीमा डुबानमै नपर्ने जग्गाको ३ कराेड मुआब्जा वितरण

बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमै नपर्ने ३५ रोपनी जग्गाको मुआब्जा रकम वितरण गरेको  खुलेको छ । मुअाब्जा वितरण समितिले २१ जनाको खातामा झण्डै तीन करोड निकासा दिएकाे खुलेकाे हो । 

[अपडेट] काँडाघारीबाट अपहरित बालकको हत्या, दुई अपहरणकारी मारिए

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङमा आइतबार साँझ अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको शव भेटिएको छ । बालकको अपहरणमा संलग्न भएको आरोप लागेका दुई जना प्रहरीसँगको मुठभेडमा मारिएका छन् ।

सिसडोलको विकल्प खोजी

नुवाकोटको बन्चरेडाँडामा दीर्घकालीन ल्यान्डफिल साइट नबन्दासम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न राजधानी उपत्यकाभित्रका महानगरपालिका र नगरपालिकाहरूले वैकल्पिक स्थानको खोजी गर्न थालेका छन् ।

आमाछोरीलाई बोक्सीको आरोप: सुरक्षा माग्दै प्रहरीमा

बोक्सी आरोप लगाउँदै धार्चेका स्थानीयले आमाछोरीलाई सामाजिक वहिष्कार गरेका छन् । दुव्र्यवहार गर्ने स्थानीयका विरुद्ध जिल्ला प्रहरीमा निवेदन दिएपछि उनीहरू झनै असुरक्षित भएका छन् । सुरक्षा माग्दै आमाछोरी प्रहरीमा आएका छन् ।

ADVERTISEMENT

[अपडेट] पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक सुचारु

घुमाउने र जलबिरेमा पहिरो जाँदा सोमबार बिहान सवा छ बजेदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक नौ बजेबाट सुचारु भएको छ । पहिरो सफा गरेपछि दुई तर्फी रुपमा नै गाडी चल्न सुरु गरेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयकम प्रमुख रहेका प्रहरी निरीक्षक वेदप्रसाद गाैतमले बताए ।

बेरोजगारलाई निर्वाह भत्ता

सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता दिने गरी कानुन बनाउन लागिएको हो ।

मिश्रले सम्हाले सर्वोच्च

सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले आइतबारदेखि कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा नेतृत्व सम्हालेका छन् ।

गोरुको बिमा घरबाटै

व्यावसायिक बंगुरपालन गर्दै आएकी कुश्मा–१ पाङकी हेमकला पुनलाई पशु उपचारमा प्राविधिकका कारण सजिलो भएको छ । खुर्कोटका भैंसीपालक हेमनाथ चापागाईंलाई अघिल्लो वर्ष घरमै पशु प्राविधिक पुगेर अनुदानको फर्म भरिदिए ।

स्याङ्जाले गुमायो लोकप्रिय नेता

तत्कालीन संविधानसभा सदस्य एवं कांग्रेस जिल्ला कार्यसमिति सभापति ५५ वर्षीय कमलप्रसाद पंगेनीको आइतबार बिहान ह्दयाघातबाट निधन भएको छ ।

ADVERTISEMENT

थर्किन छाड्यो नेपाली दूतावास

आठ महिनाअघिसम्म पनि नयाँदिल्लीको मन्डीहाउस चोक (बाह्रखम्बा रोड) स्थित नेपाली दूतावास परिसरको राजदूत तथा अन्य चार सहचारीको निवासमा एकाध मिनेट अन्तरमा ठूलै कम्पन हुने गर्थ्याे ।