कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

[अपडेट] पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक सुचारु

रमेशकुमार पौडेल

चितवन — घुमाउने र जलबिरेमा पहिरो जाँदा सोमबार बिहान सवा छ बजेदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक नौ बजेबाट सुचारु भएको छ । पहिरो सफा गरेपछि दुई तर्फी रुपमा नै गाडी चल्न सुरु गरेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयकम प्रमुख रहेका प्रहरी निरीक्षक वेदप्रसाद गाैतमले बताए ।

[अपडेट] पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक सुचारु

घुमाउनेर जलबिरेमा केही दिनयता लगातार पहिराे अाइरहेकाे छ । नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरूपकाे दुई लेनकाे फराकिलाे सडक बनाउँन ठाउँ-ठाउँमा पहाड काटिएकाे छ । पहाड काटेकाे ठाउँमा पानी परेपछि पहिराे खसेर बाटाे बन्द हुने गर्छ ।

नारायणगढ मुग्लिन सडक राजधानी काठमाडाैं र पर्यटकीय सहर पाेखरालाई देशकाे पुर्व र पश्चिम भागसँग जाेड्ने मुख्य सडक हाे । याे बाटाे हुँदै दिनहुँ १० हजार गाडी अाेहर दाेहर गर्छन् । पहिराेले बाटाे थुनिदा हज्जाराैं यात्रु मारमा पर्छन् ।


त्यसैगरी धादिङ जिल्लाको तिघ्राङखानिको पहिरो हटाउने कार्य भईरहेको र खुलाउन अझै एक डेढ घण्टा लाग्ने अनुमान ट्राफिक प्रहरीको छ । त्यो क्षेत्र पृथ्वीराजमार्ग अन्तर्गत पर्छ ।

प्रकाशित : श्रावण २१, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?