कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सिसडोलको विकल्प खोजी

कान्तिपुर संवाददाता

काठमाडौँ — नुवाकोटको बन्चरेडाँडामा दीर्घकालीन ल्यान्डफिल साइट नबन्दासम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न राजधानी उपत्यकाभित्रका महानगरपालिका र नगरपालिकाहरूले वैकल्पिक स्थानको खोजी गर्न थालेका छन् ।

सिसडोलको विकल्प खोजी

सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्दै आएका काठमाडौं, ललितपुर र भक्तपुरका १८ वटा नगरका प्रमुख कार्यकारी अधिकृतहरूको भेलाले कार्यदल गठन गरेर विकल्प खोजी थालेको हो ।

सिसडोल ल्यान्डफिल साइटस्थित फोहोर माथिको सडकमा टिपर गुड्न नसक्दा एक महिनादेखि राजधानीको फोहोर नियमित उठ्न सकेको छैन । एक सातादेखिको झरीले फोहोर उठ्न फेरि रोकिएको हो । ‘सिसडोलमा बढीमा ६ महिनाभन्दा फोहोर फाल्न सकिँदैन, बन्चरेडाँडामा पूर्वाधार बन्न कम्तीमा ३ वर्ष लाग्छ,’ काठमाडौं महानगरका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाले भने, ‘बन्चरेडाँडामा पूर्वाधार नबन्दासम्म कहाँ फोहोर व्यवस्थापन गर्ने भनेर छलफल गरेका हौं ।’ भेलामा १८ वटै नगरका प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति थियो । भेलाले मरहठ्ठा संयोजकत्वको ५ सदस्यीय फोहोरमैला व्यवस्थापन विकल्प खोजी कार्यदल गठन गरेको छ ।

प्रकाशित : श्रावण २१, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?