[अपडेट] काँडाघारीबाट अपहरित बालकको हत्या, दुई अपहरणकारी मारिए

काठमाडौँ — काठमाडौंको पेप्सीकोला टाउन प्लानिङमा आइतबार साँझ अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको शव भेटिएको छ । बालकको अपहरणमा संलग्न भएको आरोप लागेका दुई जना प्रहरीसँगको मुठभेडमा मारिएका छन् ।

[अपडेट] काँडाघारीबाट अपहरित बालकको हत्या, दुई अपहरणकारी मारिए

आइतबार साँझ आफ्न डेरा नजिकबाट अपहरणमा परेका बालकको प्रहरीले खोजी गरिरहेको थियो । भक्तपुरको मध्यपुर थिमी-९ स्थित नगदेशमा बन्दै गरेको घरको प्रांगणमा खाल्डो खनेर गाडेको अबस्थामा बच्चाको शव भेटिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अपहरणकारी खोज्ने क्रममा सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक गणेस्थान मन्दिरको दक्षिण क्षेत्रमा अवस्थित ज‌ंगलमा भएको मुठभेडको क्रममा मारिएको प्रहरीले जनाएको छ ।

मारिनेहरुमा नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङ रहेका छन् । एक जना शंकास्पद महिला पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।

'अपराधीहरुलाई खोजी गर्ने क्रममा भेटिएकाहरुलाई पक्राउ गर्न खोज्दा भएको मुठभेडमा दुई जना मारिएका छन्' महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहले भने । उनीहरु साथबाट एउटा पिस्तोल र धम्क्याउन प्रयोग गरेको एउटा सिमकार्ड पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभएका खड्का आमाको साथमा बस्थे । उनका बुबा रोजगारीको सिलसिलामा मलेसियामा छन् । उनी स्थानीय एक स्कुलमा ६ कक्षामा अध्ययनरत रहेको बताइएको छ । बेलुका ६ बजे घरबाट निस्किएका बालक फिर्ता नआएपछि उनको खोजि सुरु गरिएको थियो । राति ९ बजे पहिलो पटक अपहरणकारीले फोन गरेर फिरौती माग गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेको छ ।

प्रकाशित : श्रावण २१, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?