दक्षिण कोरिया जाने भाडा घट्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — रोजगार अनुमति प्रणाली अन्तर्गत रोजगारीको लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकट वापत दिने रकममा २३ प्रतिशत घटेको छ । अब कामदारले हवाई टिकट वापत ४ सय ११ अमेरिकन डलर (४५ हजार २ सय ९२ रुपैयाँ) दिनुपर्नेछ । 

दक्षिण कोरिया जाने भाडा घट्यो 

श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले विद्युतीय बोलपत्र आब्हान गरी भाडादर घटाएको हो । यसअघिको ट्राभल्सलाई ५ सय ३० डलर बुझाउने गरेको थियो । यसबाट कोरिया जाने कामदारले तिर्ने रकममा वार्षिक १० करोड रुपैयाँ भन्दा बढी बचत हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।


सरकारले २००८ देखि इपिएस प्रणालीमा कामदारलाई कोरिया पठाउँदै आएको थियो । हालस्मम कोरिया ५४ हजार ३ सय ६३ जना गइसकेका छन् । जसमा ३ हजार ३ सय ३८ जना महिला छन् ।

सन् २०१८ मा कोरिया जानको लागि ७ हजार ९ सय ९८ जना भाषा परीक्षामा उत्तीर्ण भएका छन् ।


प्रकाशित : श्रावण २१, २०७५ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?