१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

१५ महिनापछि शव जिम्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — छोरीका हत्यारामाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान राख्दै आएकी स्वयम्भूकी एक महिलाले १५ महिनापछि शव जिम्मा लिएकी छन् ।

१५ महिनापछि शव जिम्मा

१० बर्षिया छोरी अमृताको बलात्कारपछि हत्या भएको भन्दै आमा सन्तोषीले शिक्षण अस्पतालबाट शव उठाउन मानेकी थिइनन् । किटानी जाहेरीपछि पुर्पक्षका लागि थुनामा राखिएका दिनेश चौधरी (विश्वराम रनपहेंली)ले बलात्कार र हत्या गरेको पुष्टी भएपछि गत महिना मात्रै काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो ।

कर्तव्य ज्यानको थप दफामा चौधरीलाई थप १० बर्ष पनि जेलसजाय तोकिएको छ । ‘ढिलै भएपनि आफूले न्याय पाएजत्तिकै ठानें,’ आमा सन्तोषीले भनिन् । सोमबार अपरान्ह उनले छोरी अमृताको पशुपतिमा दाहसंस्कार गरेकी छिन् ।

गत बर्ष जेठ ५ मा छोरी अमृता स्वयम्भु, डल्लुस्थित आफ्नै डेराकोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रकाशित : श्रावण २२, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?