२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

काठमाडौं पोष्टको प्रधान सम्पादकमा अनुप 

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपले द काठमाडौं पोष्टको प्रधान सम्पादकमा पत्रकार अनुप काफ्लेलाई नियुक्ति गरेको छ । उनले केएमजीको 'डिजिटल ट्रान्सफर्मेशन' को समेत नेतृत्व गर्ने छन् । 

काठमाडौं पोष्टको प्रधान सम्पादकमा अनुप 

'उहाँको नेतृत्वमा द काठमाडौं पोष्टले नयाँ उचाई लिने छ,' काफ्लेलाई पोष्टको प्रधान सम्पादक तथा 'डिजिटल ट्रान्स्फरमेशन' प्रमुखको रुपमा नियुक्ति गरिएको घोषणा गर्दै केएमजीका अध्यक्ष कैलाश सिरोहियाले भने । डिजिटल प्रमुखको रुपमा उनले कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरको 'डिजिटल ट्रान्सफरमेशन'को समेत नेतृत्व गर्ने छन् ।


एक महिनाअघि पोष्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले राजीनामा दिएका थिए । मंगलबार केएमजीले काफ्लेलाई प्रधान सम्पादकमा नियुक्ति गरेको हो ।


काफ्लेसँग अमेरिकाको प्रतिष्ठित पत्रिका द वासिङ्टन पोष्टलगायतमा काम गरेको अनुभव छ । ३४ वर्षीय काफ्लेले यही वर्षको सुरुवातदेखि अनलाइन प्रकाशन रोड्स् एण्ड किङ्डम्सको सम्पादकीय तथा 'ग्रोथ स्ट्रटेजी' को नेतृत्व गरिरहेका थिए । यसअघि उनले लण्डनमा रहेर बजफिडको नायव अन्तर्राष्ट्रिय सम्पादकको भूमिकासमेत निभाई सकेका छन् ।


पोखरामा जन्मेर हुर्केका काफ्लेको पत्रकारिताको सुरुवात काठमाडौंकै एक पत्रिकामा प्रशिक्षार्थीको रुपमा सुरु भएको थियो । काफ्लेले पत्रकारिताका क्रममा अमेरिकी प्रकाशनहरुका लागि अन्तर्राष्ट्रिय समाचार लेखन तथा सम्पादन गरेपनि नेपालका प्रमुख घट्नाक्रमहरु माथि कलम चलाएका छन् । उनले विशेष गरेर माओवादी जनयुद्ध, वैदेशिक रोजगारीका प्रभाव र २०७२ सालमा गएको भुकम्पपछिको अवस्थाका बारेमा समाचारहरु लेखेका छन् ।


काफ्लेले आफुले लामो समयदेखि देश बाहिर रहेर पत्रकारिता गरेपनि नेपालप्रतिको आफ्नो चासो जारी नै रहेको बताए । 'मैले जहाँ बसेर पत्रकारिता गरेपनि नेपालको समाचारहरु नेपाली दृष्टिकोणसहित बाहिर भन्नु पर्छ भन्ने सधै लागि रह्यो,' उनले भने, 'त्यसैका लागि म पटकपटक नेपाल आइरहेँ र लेखिरहेँ ।'

प्रकाशित : श्रावण २२, २०७५ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?