‘मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ’

रासस

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताएका छन् ।

इन्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीररुपमा लिएको बताए । उनले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानव तस्करी र बेचबिखन बाधकका रुपमा देखा परिरहेको टिप्पणी गरे । उनले मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

Yamaha


उनले विभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागिसमेत यो सम्मेलनले दिशा निर्देश गर्ने आशा व्यक्त गरे । मंगलबार सम्पन्न हुने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारी सहभागी छन् । सन् २००२ मा बाली प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो ।

नेपालसहित चीन, भारत, अस्ट्रेलियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सी आइओएम, यूएनएचसीआर र युएनओडिसी सम्मेलनको सदस्यका रुपमा छन् । गृहमन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनी यही साउन २३ गते नेपाल फर्कने कार्यक्रम छ ।

Esewa Pasal

प्रकाशित : श्रावण २२, २०७५ १७:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नगरपालिका पारदर्शी नभएको भन्दै वडाध्यक्ष विरोधमा

कान्तिपुर संवाददाता

काठमाडौँ — गत आर्थिक वर्षमा भएका खर्च अपारदर्शी भएको र वडालाई कम बजेट छुट्याइएको भन्दै टोखा नगरपालिकाका ५ जना  वडाध्यक्षसहितका जनप्रतिनिधि र मेयरबीच विवाद देखिएको छ ।

वडाध्यक्षले आइतरबार र सोमबार नगरपालिका अगाडि धर्ना दिएका छन् ।

एक हप्ताअघि मेयरलाई ज्ञापन पत्र बुझाएका उनीहरुले आइतबारबाट धर्ना दिएका हुन् । ११ वटा वडा रहेको उक्त नगरपालिकाको वडा नं. २, ३, ६, ८ र ११ मा कांग्रेसका वडाध्यक्ष छन् ।

वडाध्यक्ष क्रमश: दीपक जोशी, सिंहराज श्रेष्ठ, महेश्वर केसी, केशब बहादुर खत्री र उत्तम अधिकारीका साथै विभिन्न वडाका जनप्रतिनिधि सहित २१ जनाले नगरपालिकाको कार्यालय अगाडि दुई दिन कार्यालय समयमा धर्ना दिएका हुन् ।

गत वर्ष पनि यी ५ वडाले बजेट विनियोजनमा काखापाखा गरिएको भनेर बजेट लिन मानेका थिएनन् ।

वडा नं. २ का अध्यक्ष जोशीले नगर कार्यपालिकामा नेकपा सम्बद्ध जनप्रतिनिधिले बहुमतको आधारमा आफूहरुलाई ‘पेलेर’ निर्णय लिने गरेको बताए ।

‘गतवर्षको हिसाब किताब माग्दा मेयरले आलटाल गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृतले पनि समय दिनुभएन,’ उनले भने, ‘हामीले कार्यपालिका बैठक पनि बाहिष्कार गरेका छौँ । आर्थिक गतिविधिमा पारदर्शीता र वडालाई पर्याप्त बजेट नभएसम्म विरोध गरिरहन्छौँ ।’

उनले शुक्रबारसम्म पनि समस्या समाधान नभए नगरपालिकामा तालाबन्दी गर्ने कार्यक्रम रहेको बताए । जोशीले नगरसभाको माइन्युट र फरक मत राख्न समेत नदिएको आरोप लगाए । उनको भनाइमा गत वर्षभन्दा बजेटको आकार बढेपनि वडालाई दिइएको बजेट घटेको छ । यस वर्षको बजेट ‘केन्द्रीकृत’ बनाइनु गलत रहेको भन्दै उनले वडामार्फत सञ्चालन हुने कार्य र बजेट कटौती सह्य नहुने बताए ।

यता मेयर प्रकाश अधिकारीले भने यो कार्यलाई ‘राजनीति गर्न खोजेको’ र स्थानीय तहका काम कारबाहीका विषयमा ‘बुझेर पनि बुझ पचाएको’ टिप्पणी गरे ।

उनले भने, ‘लिखित रुपमा कहाँ, के समस्या भयो भनेर विमति राख्न आउनुपर्‍यो नि । जहाँसम्म पारदर्शीताको कुरो छ, पहिलेदेखिकै संरचना र प्रविधिका आधारमा लेखा राख्ने काम भइरहेकोले त्यसमा एकैपल्ट परिवर्तन सम्भव छैन ।’

उनले लेखा प्रणाली पारदर्शी नै रहेको र त्यसलाई प्रविधिमैत्री बनाउन लागिरहेको जानकारी गराए । आफूहरु निरन्तर संवादमा रहेको र यसको हल चाँडै निस्किने अधिकारीको भनाइ छ ।

हाल टोखाको नगरसभामा २१ जना कांग्रेसबाट र ३९ जना नेकपाबाट गरी ६० जना छन् । यस आर्थिक वर्षमा उक्त नगरको बजेट ८६ करोड रुपैयाँ छ ।

प्रकाशित : श्रावण २२, २०७५ १७:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT