सेनाले सुरु गर्‍यो विपद् ब्यवस्थापन शिक्षालय

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सेनाले विपद् व्यवस्थापन तालिम शिक्षालय सुरु गरेको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मंगलबार शिक्षालयको उद्घाटन गरे । 

सेनाले सुरु गर्‍यो विपद् ब्यवस्थापन शिक्षालय

नेपाली सेनाले युद्धबाहेकका अपरेसनहरू विपद् व्यवस्थापन, प्रकृति संरक्षण, विकास निर्माण, चुरे क्षेत्र संरक्षण तथा निजामती प्रशासनलाई सहयोग तथा सैनिक–नागरिक सम्बन्धमा अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकताका साथ निरन्तर रूपमा बहन गर्दै आएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


शिक्षालयले भविष्यमा हुन सक्ने प्राकृतिक प्रकोपको क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापनका लागि छिटोछरितो र सुरक्षित तरिकाले उद्धार गर्ने प्रविधि तथा कौशलमा निपुण बनाउने तालिम सञ्चालन गर्नेछ ।


प्रकाशित : श्रावण २२, २०७५ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?