कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश १ को नाम किरात नै रहनेछ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नं.१ को नाम किरात नै रहने बताएका छन् । किरात राई यायोक्खाको ३१औं स्थापना दिवसको उद्घाटन गर्दै मंगलबार उक्त विचार व्यक्त गरेका हुन् ।

प्रदेश १ को नाम किरात नै रहनेछ : दाहाल

‘नेपालको इतिहास किरातबिना सम्भव छैन,’ मुलुकको इतिहास र सभ्यतामा यलम्बरसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘किरात शब्द इतिहास, सभ्यता, संस्कृति र जीवन प्रणालीसँग जोडिन्छ । त्यसैले एक नम्बर प्रदेशको नामाकरण किरात नै हुनुपर्छ भन्नेबारे पार्टी र सरकारमा गम्भीर रुपमा छलफलमा छौं । प्रधानमन्त्रीसँग सोच मिलेनको महसुस गरेको छु ।’


मुलुकमा लामो समयसम्म सामन्ती शासकले उत्पीडन गरेविरुद्ध भएको 'जनयुद्ध'मा हजारौंले ज्यानको बलिदान गर्नुपरेको उल्लेख गर्दै उनले मधेस, पहाड र हिमाल मिलेर गरेको संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताए । ‘बाइसे, चौबिसे राज्य नामेट पार्न सफल पृथ्वीनारायण शाह त ओल्लो किरात, माझकिरात र पल्लो किरातलाई मान्न बाध्य भए भने हामी कम्युनिस्टले नेपाली सभ्यतासित जोडिएका किरातलाई कदापि मेट्ने छैनौं,’ किराती समुदायको बृहत् जमघटमा उनले भने ‘यदि कसैले किरातको अपव्याख्या, अपमान गरे म तपाईंहरुको साथमा रहेर लडिरहनेछु ।’


त्यसैगरी संघीय संसद्का सांसदहरु सुरेशकुमार राई, हेमकुमार राई, प्रमिला राईलगायतले प्रदेश नं.१ लाई किरात नामकरणको पक्षमा विचार व्यक्त गरेका थिए । यायोक्खाका अध्यक्ष तिलक राई र सल्लाहकार दुर्गा राई, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याललगायत बोलेका थिए ।


त्यस अवसरमा विद्यावारिधी प्राप्त मन्दिप राई, सगरमाथा आरोही गजुरमान राई र राई समुदायको पहिलो महिला पाइलट सृष्टि राईलाई सम्मान गरिएको थियो । साथै, विभिन्न क्षेत्रका प्रतिभाहरुलाई पुरस्कार र छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।

प्रकाशित : श्रावण २२, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?