कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पुनः निर्माणको गति बढाउन प्राधिकरणको निर्देशन

रासस

काठमाडौँ — राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्प पछिको पुनः निर्माणका कामलाई पूर्ववत् जारी राख्न भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहलाई अनुरोध गरेको छ । प्राधिकरणले यसअघि २०७३ पुससम्म अनुदान सम्झौता गरी पहिलो किस्ता रु ५० हजार लिएका लाभग्राहीलाई २०७४ असारसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।

पुनः निर्माणको गति बढाउन प्राधिकरणको निर्देशन

प्राविधिक, निर्माण सामग्रीको अभावलगायत कारणले दोस्रो किस्ता लिन नसक्ने सङ्ख्या अझै तीन लाखभन्दा बढी छ ।


मंगलबारसम्म प्राधिकरणमा प्राप्त तथ्याङ्कअनुसार दोस्रो किस्ताका लागि चार लाख ९३ हजार २०० लाभग्राही प्रमाणीकरण भएका छन् । प्रमाणीकरण भएपछि पीडितले अनुदान पाउन समय लाग्ने भएकाले म्याद थप्ने तयारी गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । लाभग्राही सूचीमा आठ लाख सात हजार ४८६ परिवार सूचीकृत छन् । असार तेस्रो साता नै दोस्रो किस्ता वितरण गर्ने समय थपका लागि निर्देशक समितिको बैठक डाकिएको थियो । असार २० गतेको मन्त्रिपरिषद्को निर्णयानुसार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएपछि बैठक स्थगित भयो ।


एक महिनादेखि प्रमुख कार्यकारी अधिकृत नहुँदा नीति निर्धारणका काम हुन नसके पनि नियमित कामका लागि कुनै समस्या नरहेको प्राधिकरणले जनाएको छ । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा कार्यकारी समितिको बैठकले नियमित रुपमा आइपर्ने पुनः निर्माणका समस्या समाधान गर्ने कार्यविधि छ ।


भूकम्प प्रभावित ३२ वटै जिल्लाका जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार र भवनलाई काम नियमित गर्न पत्राचार गरिएको सहप्रवक्ता घिमिरेले बताए । प्रभावित जिल्लाका सबै स्थानीय तहलाई पनि अनुदान सिफारिशलगायत पुनः निर्माणका काम पूर्ववत् गर्न निर्देशन दिइएको उनले बताए ।

प्रकाशित : श्रावण २२, २०७५ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?