१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७
समाचार

News

नेपाल–भारत सुरक्षा बैठक : सीमामा संयुक्त गस्ती बढाइने

नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरू समन्वय र संवाद प्रभावकारी बनाउन सहमत भएका छन् । दुई देशका उच्च सुरक्षा अधिकारी सम्मिलित ‘कोअर्डिनेसन समिति’ को बुधबार नयाँदिल्लीमा सुरु तेस्रो बैठकमा केन्द्रदेखि स्थानीयस्तरसम्म समन्वय गर्ने सहमति बनेको एक अधिकारीले बताए । 

नेपाल–भारत सुरक्षा बैठक : सीमामा संयुक्त गस्ती बढाइने

दोषीलाई उन्मुक्ति दिने विधेयकका प्रावधान हटाऊ : आयोग

राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयकमा अन्तर्राष्ट्रिय सिद्धान्तविपरीतका प्रावधान हटाउन सरकारलाई आग्रह गरेको छ । आयोगले मानव अधिकार उल्लंघनका मुद्दामा पीडकलाई क्षमा दिन नमिल्ने गरी नीतिगत सुधार गर्न सुझाएको छ । 

दोषीलाई उन्मुक्ति दिने विधेयकका प्रावधान हटाऊ : आयोग

कांग्रेस महासमिति बैठक अन्योलमा

कांग्रेसको महासमिति बैठक भदौमा नहुने भएको छ । पार्टीले विधान संशोधनका लागि मस्यौदा समिति बनाउन नसक्दा बैठक प्रभावित भएको हो । 

कांग्रेस महासमिति बैठक अन्योलमा

फास्ट ट्रयाकमा फेरि विवाद : जिरो किलो खोकना कि फर्सिडोल ?

तराईलाई काठमाडौंसँग जोड्ने रणनीतिक र आर्थिक महत्त्वको द्रुतमार्गको जिरो किलो (पोइन्ट) खोकनामा बनाउने कि फर्सिडोलमा भन्ने विषयमा सत्तारूढ दलभित्रै विवाद सुरु भएको छ । द्रुतमार्गको जिरो किलोको विषयमा समस्या निम्तिएको भन्दै सेनाले विवाद सल्टाउन सरकारलाई आग्रह गरेको छ ।

फास्ट ट्रयाकमा फेरि विवाद : जिरो किलो खोकना कि फर्सिडोल ?

लेबनानबाट दुई महिलाको उद्धार

इजिप्टस्थित नेपाली दूतावासले लेबनानमा १० वर्षदेखि अलपत्र नुवाकोटकी मुनामाया तामाङ र उदयपुरकी मनिकुमारी राईलाई मंगलबार नेपाल फर्काएको छ । 

लेबनानबाट दुई महिलाको उद्धार

तीन गैरआवासीय राजदूत नियुक्त

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा गणतन्त्र फिजीको पनि गैरआवासीय राजदूत भएकी छन् । इजिप्ट र अस्ट्रियाका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याल र प्रकाशकुमार सुवेदीलाई पनि क्रमश: लिबिया र स्लोभेनियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ ।

तीन गैरआवासीय राजदूत नियुक्त

वीर अस्पतालको सफाई गर्दा अपुग भएको भन्दै धुर्मुस सुन्तली फाउन्डेशनलाई ६९ लाख अनुदान

वीर अस्पताल रंगरोगन तथा सरसफाई गरेबापत सरकारले धुर्मुस सुन्तली फाउन्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । उक्त रकम वीर अस्पतालको नियमित बजेटबाट उपलब्ध गराएको हो ।

वीर अस्पतालको सफाई गर्दा अपुग भएको भन्दै धुर्मुस सुन्तली फाउन्डेशनलाई ६९ लाख अनुदान

नेकपा (विप्लब) का प्रवक्ता विश्वकर्मालाई पाँच दिन थुनामा राख्न अनुमति

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय र प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले हेटौंडाबाट काठमाडौं फर्किंदै गरेका उनीहरूलाई ललितपुरको चाल्नाखेलबाट नियन्त्रणमा लिएको हो ।

नेकपा (विप्लब) का प्रवक्ता विश्वकर्मालाई पाँच दिन थुनामा राख्न अनुमति

जिउँदो मान्छेको हातमा मृत्युको प्रमाणपत्र !

जिउँदो मान्छेको हातमा मृत्युको प्रमाणपत्र ! सुन्दै आश्चर्य लाग्ने घटना हो यो । त्यही प्रमाणपत्रले उनलाई आफू जीवित रहेको प्रमाणित गराउन मुस्किल परेको छ रामसेवक राय यादवलाई । महोत्तरी, औरही–६ खोपीबैरियाका ५९ वर्षीय यादव आफ्नो मृत्युको प्रमाणपत्र बोकेर जिउँदै रहेको प्रमाण जुटाउन जिल्ला प्रशासन कार्यालय, अदालत र जनप्रतिनिधिसम्म गुहार्न बाध्य छन् ।

जिउँदो मान्छेको हातमा मृत्युको प्रमाणपत्र !

राष्ट्रियसभा बैठकः प्रशासकीय अदालतसम्बन्धी विधेयक विधायन समितिमा

राष्ट्रियसभाको बुधबार बसेको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफाबार छलफलको लागि विधायन समितिमा पठाएको छ ।

राष्ट्रियसभा बैठकः प्रशासकीय अदालतसम्बन्धी विधेयक विधायन समितिमा

नेपाल–भारत उच्च सुरक्षा अधिकारीहरुको बैठक सुरू

नेपाल र भारतको सीमा क्षेत्रमा हुने सीमा सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणलगायतका विषयमा छलफल गर्न दुवै मुलुकका उच्च सुरक्षाअधिकारीहरुको बैठक सुरु भएको छ । 

नेपाल–भारत उच्च सुरक्षा अधिकारीहरुको बैठक सुरू

हेटौंडाको ओम्याक्स हलमा आगलागी

हेटौंडा उपमहानगरपालिका-४ मा रहेको ओम एन्ड ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । बुधबार बिहानदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । उपमहानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिएपनि सम्भव भएन । 

हेटौंडाको ओम्याक्स हलमा आगलागी

स्तनपान कक्ष अब महिला हक

हरेक कार्यालयले अब स्तनपान कक्ष बनाउनैपर्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार स्वास्थ्य मन्त्रालयले अघि बढाएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थाले कार्यालयमा स्तनपान कक्ष बनाउनैपर्ने प्रावधान राखिएको हो ।

स्तनपान कक्ष अब महिला हक

नारायणगढ–मुग्लिङ सडक: दिनदिनै पहिरो

तीन वर्ष लगाएर स्तरोन्नति गरिएको नारायणगढ–मुग्लिन सडकको अवस्था विकराल बन्दै गएको छ । स्तरोन्नतिको काम चलुन्जेल कष्टपूर्ण यात्रा गर्न विवश यात्रु एसियाली मापदण्डअनुरूप फराकिलो सडक बनेपछि झन् सास्ती खेप्न बाध्य छन् ।

नारायणगढ–मुग्लिङ सडक: दिनदिनै पहिरो

मनोविद्को सुझाव–‘अपहरणबाट जोगिन विद्यालयमै सिकाऔं’

अपहरणमा परी मारिएका ११ वर्षीय निशान खडकालाई सुरक्षासम्बन्धी सामान्य ज्ञान भएको भए के हुन्थ्यो ? विज्ञहरू भन्छन्, ‘उनी अपहरणमै पर्ने थिएनन् र ज्यान जाने थिएन ।’

मनोविद्को सुझाव–‘अपहरणबाट जोगिन विद्यालयमै सिकाऔं’

बस र ट्रक एकआपसमा ठोकिँदा ४ को मृत्यु, १७ घाइते

पूर्व–पश्चिम महेन्द्र राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति ११ बजे बस र ट्रक एकआपसमा ठोकिँदा चारजनाको ज्यान गएको छ भने घटनामा १७ जना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बस र ट्रक एकआपसमा ठोकिँदा ४ को मृत्यु, १७ घाइते

पहिरोमा पुरिएका दम्पतिको हेलिकप्टर मार्फत उद्धार [अपडेट]

गएराति परेको भीषण वर्षापछि दोलखाको बिगु गाउँपालिकास्थित बुलुङखानीमा पहिरोले घर पुरिएपछि घाइते भएका एक दम्पतिको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

पहिरोमा पुरिएका दम्पतिको हेलिकप्टर मार्फत उद्धार [अपडेट]

कालाबजारी गरे ३ वर्ष कैद

विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र बिक्री गर्नेलाई अब ५ वर्षसम्म कैद हुने भएको छ । सरकारले मंगलबार संसद्‍मा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानि पुर्‍याउनेलाई कारबाही व्यवस्था गरिएको हो ।

कालाबजारी गरे ३ वर्ष कैद

सूचना माग्दै पूर्वमुख्य सचिव

पूर्वमुख्य सचिव सोमलाल सुवेदीले आफूलाई मनिलाबाट फिर्ता बोलाउने जेठ ३१ को मन्त्रिपरिषद्को निर्णय नदिइएपछि संवैधानिक अधिकार हनन भएको भन्दै अर्थ मन्त्रालयका सूचना अधिकारीसमक्ष निवेदन दिएका छन् ।

सूचना माग्दै पूर्वमुख्य सचिव

बाँदर रोक्न ‘बाँदर घाँस’

बाँदरले अचाक्ली दु:ख दिन थालेपछि तामाकोसी गाउँपालिकाले ‘बाँदर घाँस’ रोप्ने नीति लिएको छ । पहिलो चरणमा भीरकोटमा ‘मोलासेस’ जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको हो । ‘बाँदर घाँस’ रोपेपछि बाँदरको बिगबिगी घटेको भीरकोटवासीले बताएका छन् ।

बाँदर रोक्न ‘बाँदर घाँस’

अधिकृत नहुँदा इलाका प्रशासन बन्द

दुर्गम क्षेत्रका बासिन्दालाई सेवा प्रदान गर्न खोलिएको लाप्चानेस्थित इलाका प्रशासन कार्यालय एक वर्षदेखि बन्द छ । उमाकुण्ड गाउँपालिका र आसपासका बासिन्दा नागरिकता, राहदानी सिफारिसलगायत कामका लागि सदरमुकाम धाउन बाध्य छन् ।

अधिकृत नहुँदा इलाका प्रशासन बन्द

पहिरोले डेढ दर्जन परिवार विस्थापित

भेरी नगरपालिका ३, ठाँटीबजारमा गत आइतबारको पहिरोले डेढ दर्जन परिवार विस्थापित भएका छन् । पहिरो जाने क्रम अझै रोकिएको छैन ।

पहिरोले डेढ दर्जन परिवार विस्थापित