कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अधिकृत नहुँदा इलाका प्रशासन बन्द

कान्तिपुर संवाददाता

रामेछाप — दुर्गम क्षेत्रका बासिन्दालाई सेवा प्रदान गर्न खोलिएको लाप्चानेस्थित इलाका प्रशासन कार्यालय एक वर्षदेखि बन्द छ । उमाकुण्ड गाउँपालिका र आसपासका बासिन्दा नागरिकता, राहदानी सिफारिसलगायत कामका लागि सदरमुकाम धाउन बाध्य छन् ।

अधिकृत नहुँदा इलाका प्रशासन बन्द

उक्त भेग सदरमुकाम आउन २ दिन लाग्छ । ‘नागरिकताको काम सकेर घर फर्कंदा ५ दिन लाग्छ,’ गुम्देलका शिव बस्नेतले भने ।


जिल्ला प्रशासनले उमाकुण्ड र गोकुलगंगाका साबिक ११ गाविसलाई सेवा प्रदान गर्ने गरी खोलिएको उक्त कार्यालय गत भदौ ९ देखि बन्द भएको हो । त्यसअघि मुस्किलले ९ महिना चलेको थियो । अधिकृत अभावमा नागरिकता जारी गर्न नसकेपछि कार्यालयका अन्य कर्मचारी पनि जिल्ला प्रशासनमै हाजिर गरिरहेका छन् ।


प्रजिअ कृष्णप्रसाद शर्माले बन्द इलाका प्रशासन चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन गृह मन्त्रालयसँग पहल भइरहेको बताए । अधिकृत खटाउनेबित्तिकै सेवा सुरु हुने उनको भनाइ छ । इलाका प्रशासन सञ्चालन माग गर्दै उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गृहमन्त्री रामबहादुर थापालाई २ महिनाअघि नै ज्ञापनपत्र बुझाएका थिए ।


प्रकाशित : श्रावण २३, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?