कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वरिष्ठ कलाकार मिश्रको निधन

रासस

काठमाडौँ — वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । 

वरिष्ठ कलाकार मिश्रको निधन

आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्केका थिएनन् ।


उनको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका बुबा हुन् ।


कान्छो छोरा विदेशबाट आएपछि मिश्रको अन्त्येष्टि गरिने परिवारले जनाएको छ । कान्छो छोरा भोलिसम्म नेपाल आइपुग्ने बताइएको छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित : श्रावण २३, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?