कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नेपाल–भारत उच्च सुरक्षा अधिकारीहरुको बैठक सुरू

सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रणमा केन्द्रित
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाल र भारतको सीमा क्षेत्रमा हुने सीमा सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणलगायतका विषयमा छलफल गर्न दुवै मुलुकका उच्च सुरक्षाअधिकारीहरुको बैठक सुरु भएको छ । 

नेपाल–भारत उच्च सुरक्षा अधिकारीहरुको बैठक सुरू

नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरु सम्मिलित ‘को-अर्डिनेसन समिति’ को तेस्रो बैठकमा विशेषगरी सीमाको सुरक्षा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, मानवतस्करीजस्ता विषयमा केन्द्रित हुने बताइएको छ ।


त्यसका अतिरिक्त सीमा सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय स्तरमा सूचना आदानप्रदान तथा सञ्चार सेवा दुरुस्त बनाउने विषय पनि बैठकको एजेण्डामा रहेको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले भने । साथै सीमा सुरक्षाको जिम्मेवारी सम्हालिरहेको सशस्त्र सुरक्षा बलको क्षमता अभिवृद्धिका लागि दुई पक्षीय तालिमका विषयमा पनि छलफल गरिने ती सदस्यले जानकारी दिए । यसबाहेक परराष्ट्र र गृह मन्त्रालयसँग जोडिएका अन्य विषयहरुमा पनि छलफल हुने बताइएको छ ।


बैठकमा सहभागी पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गरेका छन् । प्रतिनिधिमण्डलमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत डा. इला मैनाली छन् ।


प्रत्येक वर्ष हुनुपर्ने भए पनि ‘कोअर्डिनेशन समिति’ को बैठक चार वर्षयता बस्न सकेको थिएन । यसअघि सन् २०१२ मा पहिलो र २०१४ मा दोस्रो बैठक बसेको थियो ।

प्रकाशित : श्रावण २३, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?