कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेकपा (विप्लब) का प्रवक्ता विश्वकर्मालाई पाँच दिन थुनामा राख्न अनुमति

कान्तिपुर संवाददाता

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय र प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले हेटौंडाबाट काठमाडौं फर्किंदै गरेका उनीहरूलाई ललितपुरको चाल्नाखेलबाट नियन्त्रणमा लिएको हो ।

नेकपा (विप्लब) का प्रवक्ता विश्वकर्मालाई पाँच दिन थुनामा राख्न अनुमति

पक्राउ पर्ने अन्यमा कपिलवस्तु वाणगंगा घर भएका मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका–६ का हरिचन्द्र आचार्य छन् । उनीहरूमाथि जबर्जस्ती चन्दा असुली गरेको आरोप छ ।


उनीहरू सवार गाडीमा प्रहरीले पार्टीको केन्द्रीय आर्थिक विभागको विवरण समेटिएको डायरी पनि फेला पारेको छ । डायरीमा पार्टीले करिब ७ करोड रुपैयाँ चन्दा उठाएको उल्लेख रहेको प्रहरीले जनायो । उनीहरूका साथबाट चन्दा असुलीको खाली रसिद पनि फेला परेको प्रहरीको दाबी छ ।


परिसरले मंगलबारै जिल्ला अदालत काठमाडौंबाट पाँच दिन थुनामा राखी अनुसन्धान गर्ने म्याद लिएको छ । प्रहरीले उनीहरूविरुद्ध चन्दा ऐन, २०३३ अनुसार कारबाही माग राखी मुद्दा दर्ताको तयारी गरेको छ ।

यसैबीच, बिनाकारण आफ्ना नेतालाई पक्राउ गरेको आरोप लगाउँदै नेकपाले भर्त्सना गरेको छ ।

महासचिव नेत्रविक्रम चन्दले बुधबार विज्ञप्ति निकालेर विश्वकर्मा लगायतलाई बिना शर्त रिहा गर्न माग गरेका छन् । उनले राजनीतिक अधिकारमाथि एक पछि अर्को गर्दै सरकारले प्रतिबन्ध लगाइरहेको भन्दै प्रतिकार गर्न लोकतन्त्रवादी र देशभक्तहरुलाई आह्वान गरेका छन् ।

नेकपाले पर्सि २५ गतेदेखि साउन २९ सम्मको विरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

प्रकाशित : श्रावण २३, २०७५ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?