समाचार
श्रावण २४, २०७५

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ । 

‘इन्काउन्टर’ घटनामाथि छानबिन भइरहेको छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले पेप्सीकोला टाउन प्लानिङका बालक निशान खड्काको अपहरण गरी हत्या गर्ने दुई जनामाथि ‘इन्काउन्टर’ भएको घटनामाथि छानबिन भइरहेको बताएका छन् ।

पाँच दिनपछि निशानको अन्त्येष्टि

काठमाडौंमा गत आइतबार अपहरणपछि हत्या गरिएका ११ वर्षीय निसान खड्काको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मलेसियामा रहेका बाबु गणेश बिहीबार फर्किएपछि निसानको अन्त्येष्टि गरिएको हो । निसानलाई हजुरबुबा जयबहादुर खड्काले दागबत्ती दिए ।

नेपाली दूतावास साउदीले १८ परिवारलाई क्षतिपूर्ति दिलायो

साउदी अरबमा सवारी दुर्घटनामा मृत्यु भएका १८ जनाका परिवारले झन्डै ७ करोड रुपैयाँ (२३ लाख ९९ हजार रियाल) ब्लडमनी पाएका छन् । साउदीको राजधानी रियादस्थित नेपाली दूतावासले पीडित परिवारका तर्फबाट अदालतमा मुद्दा लडेर ब्लडमनी (दिया रकम) दिलाएको हो ।

दोषीलाई उन्मुक्ति दिने प्रावधान हटाऊ : आयोग

राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयकमा अन्तर्राष्ट्रिय सिद्धान्तविपरीतका प्रावधान हटाउन सरकारलाई आग्रह गरेको छ ।

ADVERTISEMENT

नयाँ कानुन कार्यान्वयन गर्न सर्वोच्च तयार

सर्वोच्च अदालतले मुलुकी ऐनलाई विस्थापित गर्दै भदौ १ गतेदेखि लागू हुने नयाँ कानुन कार्यान्वयनका लागि देशभरका न्यायाधीश र रजिस्ट्रारलाई तालिम दिएको छ ।

पर्यटक ल्याउन/पठाउन कोरियाली दूतावासले सघाउने

नेपालमा कोरियाली पर्यटक बढाउन काठमाडौंस्थित कोरियन राजदूतावास र कोरिया टुर एण्ड ट्रेकिङ्ग अपरेटर्स एशोशिएसन(नेपाल)बीच समझदारी भएको छ । 

अस्पतालमा भर्ना नपाउँदा मृत्यु

भेरी नगरपालिका–४, जाजरकोटका ४२ वर्षीय शेरबहादुर विकलाई दमको व्यथाले च्यापेपछि आफन्तले चौरजहारी अस्पताल ल्याए । चौरजहारी अस्पताल बन्द भएकाले उनलाई अस्पतालमा भर्ना गरिएन । आफन्त नेपालगञ्ज लैजाने खर्चको जोहोमा लागे, यहीबीच शेरबहादुरको मृत्यु भयो ।

बाढी, पहिरोजस्ता विपद्‌बाट चार महिनामा ५ सयको मृत्यु, ८४ जना बेपत्ता

विपद्का घटनाबाट मुलुकभर चार महिनाको अवधिमा ५ सयको मृत्यु भएको छ । त्यस्तै ८४ बेपत्ता र चार हजार बढी प्रभावित भइसके ।

ADVERTISEMENT

महेन्द्र राजमार्गमा खाल्टैखाल्टा

व्यस्त महेन्द्रराजमार्गको दाउन्ने गैंडाकोट खण्डमा खाल्टैखाल्टा छन् । बढी तौल बोकेका गाडी चौबिसै घण्टा ओहोरदोहार गर्ने त्यो सडकमा लगातार वर्षातका कारण सडकमा खाल्टैखाल्टा बनेको हो ।

पहिरोले गाउँमै थुनिए स्थानीय

बिगु गाउँपालिकाको बुलुङ गाउँ पहिरोले घेरिएको छ । चारैतिर पहिरो गएपछि हिंड्ने बाटो छैन । मंगलबार रातिको पहिरोमा घाइते भएकाको बुधबार अपराह्न हेलिकप्टरबाट उद्धार गरिएको छ । घाइते एक दम्पतीलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

सहपाठी मृत्युले विद्यालय सुनसान

शुक्रबार दिउँसो करिब १ बजे । विद्यालयबाट सँगसँगै आएका योगेन्द्र परियार र गोविन्द परियार ठाँटीबजारबाट छुट्टिए । छुट्ने बेला गोविन्दले भने, ‘पर्सि (आइतबार) भेटौंला, म्याडमले दिएको होमवर्क गरेर ल्याउनु है ।’

६ लेन सडकमा भेल

बर्खाका बेला नदी–खोला उर्लनु स्वाभाविक हो । तर, यहाँ मूल सडक नै नदीजस्तो बन्छ । बुटवल–बेलहिया ६ लेन व्यापारिक मार्गमा आधा घण्टा वर्षा हुँदा पनि भेल बग्छ । छेउका नालीमा पानी भरिँदा सडक वारपार गर्न सकिँदैन ।

खुम्चियो शिक्षाको संरचना

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय निकायदेखि प्रदेश हुँदै जिल्लासम्मको संरचना घटाएर सानो आकारको बनाइएको छ । स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) अनुसार हाल कार्यरत दरबन्दीमध्ये करिब आधा कटौती हुने भएको छ ।

ADVERTISEMENT

बालक अपहरणपछि हत्या–‘सरकारी संयन्त्रकै कमजोरी’

राष्ट्रिय सभा सांसदहरूले राजधानीको पेप्सीकोला टाउन प्लानिङका बालक निसान खड्काको अपहरण तथा हत्या घटनामा सरकारी संयन्त्रको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । खड्कालाई बचाउन नसक्नुमा प्रहरी संगठनको समेत कमजोरी देखिएको उनीहरूको भनाइ छ ।

मुठभेडका अनुसन्धान जहिल्यै अलपत्र

बालकको अपहरणपछि हत्याका आरोपी दुई युवकका परिवारले प्रहरी मुठभेडमा उनीहरू मारिएकाबारे विस्तृत अनुसन्धानको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार निवेदन दिएका छन् ।

जन्मसिद्धका सन्तान वंशज

संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई सरकारले वंशज नागरिकता दिने भएको छ । २०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिक मानिने व्यवस्था गर्न सरकारले नागरिकता ऐन संशोधन विधेयक बुधबार संसद्‌मा दर्ता गरेको छ ।

स्थानीय तहमा तेब्बर कर

खाँडाचक्र नगरपालिकाले गत वर्ष नागरिकता सिफारिसबापत नयाँको एक सय र हराएकाको ५ सय रुपैयाँ लिने निर्णय गर्‍यो । आलोचना भएपछि अहिले क्रमश: ५० र एक सय रुपैयाँमा झारिएको छ ।