कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बालक अपहरणपछि हत्या–‘सरकारी संयन्त्रकै कमजोरी’

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभा सांसदहरूले राजधानीको पेप्सीकोला टाउन प्लानिङका बालक निसान खड्काको अपहरण तथा हत्या घटनामा सरकारी संयन्त्रको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । खड्कालाई बचाउन नसक्नुमा प्रहरी संगठनको समेत कमजोरी देखिएको उनीहरूको भनाइ छ ।

बालक अपहरणपछि हत्या–‘सरकारी संयन्त्रकै कमजोरी’

‘बालकको हत्या हुनुमा कसको दोष हो ?,’ बुधबारको बैठकमा कांग्रेस सांसद राधेश्याम अधिकारीले प्रश्न गरे, ‘जसले मार्‍यो, उसको त दोष हुँदै हो । अपराध कर्ममा लागेकाहरूका अतिरिक्त उद्धार गर्न नसक्ने प्रहरी संगठनको दोष हो कि होइन ?’

प्रहरीका पूर्व उच्च अधिकारीहरूले नै बालकको उद्धार गर्न नसक्नुमा सरकारी संयन्त्र जिम्मेवार रहेको बताएको उनले जनाए । समयमै प्रहरीले सुझबुझपूर्वक काम गरेको भए बालक बच्न सक्नेतर्फ ख्याल नगरिएको अधिकारीको भनाइ छ ।

अपहरणकारी इन्काउन्टरमा मारिएको भनिए पनि नियन्त्रणमा लिएर हत्या गरेको समाचार आइरहेको उल्लेख गर्दै उनले सरकारले स्पष्टीकरण दिनुपर्ने बताए । ‘छिमेकीकै आँखा अगाडि पक्राउ गरेर लगेको देखिएको छ । नियन्त्रणमा लिइएकालाई मारेर इन्काउन्टर भनिएको छ । यी सबै घटनाले हामी कता जाँदैछौं ? के सरकारले फेक इन्काउन्टर गर्न प्रहरीलाई छुट दिएको हो ?,’ उनले भने, ‘गृहमन्त्रीले जवाफ दिनुपर्छ ।’

जोशीको प्रमाणपत्र छानबिन माग
बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रमाथि उचित छानबिन माग गरेका छन् ।

शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठेपछि त्यसलाई परीक्षण गर्नुपर्नेमा बहुमतको बलमा संसदीय सुनुवाइ समितिले जोशीको नाम अस्वीकृत गर्नु गलत भएको उनले बताए । ‘जोशीले समेत प्रमाणपत्र छानबिनको माग गरेकाले तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्छ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्रीले यसबारे स्पष्ट पार्नुपर्छ’ देवले भने ।

प्रकाशित : श्रावण २४, २०७५ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?